Homeस्वस्थ्य

भरतपुर अस्पतालमा नेपालमै पहिलो पटक ओपिडी टिकट निःशुल्क

भरतपुर अस्पतालमा नेपालमै पहिलो पटक ओपिडी टिकट निःशुल्क

चितवन- चितवनको भरतपुर अस्पतालले नेपालमै पहिलो पटक ओपिडी टिकट निःशुल्क गरेको छ । भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज साउन ८ गतेदेखि भरतपुर अस्

असारसम्ममा ४ अर्ब लिटर अक्सिजन आवश्यक
डोटीमा एघार महिनामा एक हजारले गरे गर्भपतन
एउटै गाउँमा सुन्तला बिक्रीबाट डेढ करोड भित्रियो

चितवन- चितवनको भरतपुर अस्पतालले नेपालमै पहिलो पटक ओपिडी टिकट निःशुल्क गरेको छ । भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज साउन ८ गतेदेखि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउने सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै ओपिडी टिकट निःशुल्क गरिएको जानकारी दिए । उनले यो सुविधा नेपालमै पहिलो भएको बताउँदै विदेशमा पनि टिकटमै निःशुल्क भन्ने आफूले नसुनेको बताए ।

यसअघि भरतपुर अस्पतालमा ओपिडी टिकटको ३० रुपैयाँ शुल्क लिँइदै आएको थियो । अस्पतालको सो निर्णयले गरिब तथा विपन्न व्यक्तिहरुको लागि राहत पुग्ने र टिकटबाट प्राप्त हुने शुल्क समितिले बेहोर्ने प्राडा पौडेलले बताए । सर्वसाधारणलाई राज्यबाट राहतको अनुभूति पनि हुने र टिकटकै कारण बिरामी रोकिनु नपरोस् भनेर सो निर्णय गरिएको प्राडा। पौडेलले बताए ।

प्राडा। पौडेलका अनुसार भरतपुर अस्पतालमा दैनिक १२ सयदेखि १७ सय बिरामी उपचारका लागि आउँछन् । आइतबार अन्य बारभन्दा बढी भीडभाड हुनेगर्छ । दैनिक औसत १५ सय बिरामीको भीड हुने भरतपुर अस्पतालमा कोरोना सङ्क्रमण तथा अन्य सङ्क्रामक रोग बढ्न नदिन र बिरामीलाई भीडभाडबाट टाढै राख्न परीक्षणका रुपमा ओपिडी शुल्क निःशुल्क गरिएको हो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0