Homeविजनेश

आइएमई लाइफ आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

आइएमई लाइफ आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

काडमाडाै- नेपाल धितोपत्र बोर्डले आइएमई लाइफ इन्स्योरेन्स र अपर लोहरे हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले आज जेठ २३ गते

अब पेट्रोल प्रतिलिटर १४५, मूल्यमा नयाँ रेकर्ड
मैलुङ खाेलाको आईपीओ बाँडफाँट, कति जनाले पाए सेयर?
२०० रुपियाँको तरकारीले एक छाक टार्न पनि गाह्रो

काडमाडाै- नेपाल धितोपत्र बोर्डले आइएमई लाइफ इन्स्योरेन्स र अपर लोहरे हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले आज जेठ २३ गते दुबै कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

आइएमई लाइफ इन्स्योरेन्सलाई बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य सहित प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । त्यसमध्ये ६ लाख कित्ता भने कम्पनीका कर्रमचारीहरूलाई प्रतिकित्ता १०० रुपैयाँ मै निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

यस्तै अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेडलाई पनि आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0