Homeराजनिती

किन मरिहत्ते गर्छन् मन्त्री हुन? प्रमुख चार कारण

किन मरिहत्ते गर्छन् मन्त्री हुन? प्रमुख चार कारण

काठमाडाै- सत्ता, शक्ति र पैसाका लागि नै नेताहरू मन्त्री बन्न तँछाडमछाड गर्छन्। मन्त्री भएपछि राज्यको ढुकुटी बाँडेर समर्थकलाई पाल्न सकिन्छ। जब नेता चुन

जसपाले बुझायो मुद्दा फिर्ता लिनुपर्ने २१० जनाकाे सूची
के एमालेकै बाटोमा हाे माओवादी?
जसपा आधिकारिकता विवादको टुंगो आज, आधिकारिता कस्ले पाउँला?

काठमाडाै- सत्ता, शक्ति र पैसाका लागि नै नेताहरू मन्त्री बन्न तँछाडमछाड गर्छन्। मन्त्री भएपछि राज्यको ढुकुटी बाँडेर समर्थकलाई पाल्न सकिन्छ। जब नेता चुनावमा होमिन्छन्, सांसद भएपछि कसरी मन्त्री हुन पाइन्छ भन्ने उनीहरूको ध्यान केन्द्रित हुन्छ।

मन्त्रीका लागि शपथ खान जाने क्रममा बाटैमा नाम कटिएको खबर भएका गण्डकी प्रदेशका सांसद दोबाटे विश्वकर्मा मानप्रतिष्ठा, इज्जतकै कारण मन्त्रीप्रति आकर्षण बढेको ठान्छन्। ‘सांसद भएपछि मन्त्री हुन्छु भन्नु स्वाभाविक नै हो। सबै आशा र विश्वास पनि हुन्छ,’ उनले भने, ‘मान प्रतिष्ठा, इज्जतकै लागि मन्त्री बन्ने चाहना हुन्छ।’

तर, नेपालमा प्रजातन्त्र आएको ७०र७२ वर्षमा सत्तामा एउटै वर्ग र समुदायको वर्चश्व छ। कांग्रेसका नेता एवं सांसद प्रकाश रसाइली दोबाटे काण्डले पनि नेपालको राजनीतिमा एउटै वर्ग र समुदायको हालीमुहाली रहेको पुष्टि हुने बताउँछन्। ‘७० वर्षमा पनि राज्यको स्रोत साधन समान वितरण भएको छैन,’ उनले भने, ‘आफ्नै वर्ग र समुदायबाहेक अरू गौण हुन्छ।’

मान प्रतिष्ठाको भोक

मन्त्रीमा मान, प्रतिष्ठा, इज्जत छ, यसले गर्दा मन्त्री बन्न लालयित हुन्छन्। अरूलाई सडकमा जाम हुन्छ तर मन्त्रीलाई हुँदैन। मन्त्री चढेको गाडी सडकमा साइरन बजाउँदै आएपछि बाटो छोडिदिनुपर्छ। ट्राफिक प्रहरीले मन्त्रीलाई पठाएर मात्रै सर्वसाधारणलाई पठाउँछ। सुख, सयल, सुविधाको उपयोग गर्न पाइन्छ। उद्घाटन, शिलान्यासमा भ्याइनभ्याइ हुन्छ। राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार मान, प्रतिष्ठा, अभिमान प्रदर्शन गर्न पनि मन्त्री पदमा पाउन नेता हत्ते गर्छन्।

अनि पैसा फल्छ

मन्त्री बनेपछि राज्यको ढुकुटी दोहन गर्न सजिलो हुन्छ। राज्यको पैसा आफ्नो तजबिजमा खर्च गर्न पाइन्छ। बजेटको भरपुर उपयोग गर्न सकिन्छ। गर्नुपर्ने नपर्ने जेमा खर्च गर्न सहज हुन्छ। राजनीतिक विश्लेषक श्रेष्ठ नेताले मन्त्री पदलाई पैसा कमाउने साधन सम्झेको बताउँछन्। उनी पैसा र पावर हात पार्न नै मन्त्री बन्न लडाइँ हुने गरेको देख्छन्। चप्पल लगाएर सिंहदरबार छिरेका कतिपयले मन्त्री भएपछि अर्बौं सम्पत्ति कमाएका छन्। चिरन्जीवी वाग्ले, खुमबहादुर खड्का, जयप्रकाश गुप्ता, रवीन्द्रनाथ शर्मा, अख्तियारले अकुत सम्पत्तिमा मुद्दा चलाएर दोषी नै करार भएका छन्।

माथि जाने भर्‍याङ

मन्त्रीपद नेताका लागि नेतृत्व हत्याउने साधन पनि हो। मन्त्री भएपछि सत्ता र शक्ति, पैसाको बलमा पार्टीमा शक्ति हत्याउन सहज हुन्छ। जसले मन्त्री बन्न प्रतिस्पर्धा हुन्छ। कार्यकर्तालाई राज्यको पैसा बाँडेर पार्टीमा शक्ति आर्जन हुन्छ। राज्यका विभिन्न निकाय राजनीतिक नियुक्तका लागि राखिएका छन्। मन्त्रीले ती ठाउँमा राजनीतिक नियुक्ति गरेर आफ्नो राजनीतिक पकड बलियो बनाउन सक्छन्। कर्मचारी सरुवा, बढुवामा चलखेल गर्न सकिन्छ।

चुनावको खर्च उठाउन सहज

चुनावको खर्च उठाउन सजिलो हुने भएकाले मन्त्री बन्न लालायित हुने गरेका छन्। चुनाव प्रणाली नै महँगो छ। निर्वाचन प्रणालीकै कारण पनि सांसद बनिसकेपछि मन्त्री बन्नुपर्ने अवस्था रहेको एक सांसदले नाम नभन्ने सर्तमा बताए। ‘के गर्ने, चुनाव खर्च यति धेरै हुन्छ, चुनावको खर्च तिर्न सांसद मात्र भएर कहाँ सकिन्छ र एक पटक मन्त्री नभए त रु’ उनले भने।

पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता मो। इस्तियाक राईले सांसद भएपछि मन्त्री बन्ने चाहना र आकांक्षा सबैको हुने बताए। ‘जनताको चाहना आफ्नो क्षेत्रमा बाटो, खानेपानी, बिजुलीको व्यवस्था गरिदियोस् भन्ने हुन्छ,’ उनले भने, ‘अनि किन बन्न नखोज्ने रु त्यसका लागि त मन्त्री बन्नै पर्छ, अरू मन्त्रीसँग आफ्नो जिल्ला र क्षेत्रको विकासमा पनि बार्गेनिङ गर्नुपर्छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0