Homeराजनिती

के एमालेकै बाटोमा हाे माओवादी?

के एमालेकै बाटोमा हाे माओवादी?

काठमाडाै- नेकपा माओवादी केन्द्र पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिद

प्रधानमन्त्रीले सुरक्षा परिषद बैठक बाेलाए पछि सबै त्रसित?
स्वास्थ्यकर्मीलाई आक्रमण गरे सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्ड: प्रधानमन्त्री
रेखा थापा पराजित, लिङ्देन राप्रपाको अध्यक्षमा विजयी

काठमाडाै- नेकपा माओवादी केन्द्र पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो।

माओवादी केन्द्र वडा र गाउँपालिकामा सोही विधानअनुसार बहुपदीय संरचनामा गएको छ भने आउँदो मंसिर २५ गते हुने प्रदेशस्तरीय सम्मेलनबाट सो तहमा पनि बहुपद लागु गर्ने भएको छ। त्यसैगरी महाधिवेशनबाट केन्द्रीय संरचनामा पनि बहुपदीय व्यवस्था हुने भएको छ। विधानमा भएको व्यवस्थाअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी बहुपदीय संरचनामा जानेछ।

केन्द्रीय र प्रदेश संरचना अन्तर्गत कतिजना उपाध्यक्ष हुने,उपमहासचिव कतिजना हुने र सचिव कतिजना रहने भन्ने निर्क्योल गर्न स्थायी कमिटी सदस्य देव गुरुङको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0