Homeविजनेश

घोराही सिमेन्टकाे आईपीओ ८ लाखले पाउने, प्रति कित्ता कति?

घोराही सिमेन्टकाे आईपीओ ८ लाखले पाउने, प्रति कित्ता कति?

काठमाडाै- नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले आयोजना प्रभावि

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
मैलुङ खाेलाको आईपीओ बाँडफाँट, कति जनाले पाए सेयर?
अब पेट्रोल प्रतिलिटर १४५, मूल्यमा नयाँ रेकर्ड

काठमाडाै- नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले आयोजना प्रभावित तथा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न बैशाख ६ गते अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता शेयर निष्काशन गर्नेछ । यस्तै सर्वसाधारणको लागि प्रति कित्ता ४३५ रुपैयाँका दरले ७५ लाख ४६ हजार ६११ कित्ता शेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि कुल ३ अर्ब ४४ करोड १६ लाख ६१ हजार ७८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0