Homeखेलकुद

वान डे इतिहासमा नेपालको अहिलेसम्मकै उच्च स्कोर

वान डे इतिहासमा नेपालको अहिलेसम्मकै उच्च स्कोर

काठमाडौँ- कुशल मल्लको उत्कृष्ट शतकमा नेपालले एसीसी मेन्स प्रिमियर कपमा ओमानसामु ३ सय ११ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कमजोर सुरुआतपछि सम्

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका २०२१
विश्वकप छनोट: नेपाली टिम बलियो टोली जोर्डनको सामना गर्दै, कस्ताे हाेला खेल?
धरौटी बुझाएर पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त

काठमाडौँ- कुशल मल्लको उत्कृष्ट शतकमा नेपालले एसीसी मेन्स प्रिमियर कपमा ओमानसामु ३ सय ११ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कमजोर सुरुआतपछि सम्हालिँदै नेपालले आठ विकेटको क्षतिमा ३ सय १० रन बनाउँदै आफ्नो स्थितिलाई बलियो बनाएको हो । नेपालले वान डे इतिहासमा तीन सयमाथिको स्कोर बनाएको पनि यो पहिलो पल्ट हो ।

नेपालका लागि सोमपाल कामीले पनि अशर्तकीय इनिङ्स खेले । वान डे इतिहासमा यो नेपालको ऐतिहासिक ५०औं वान डे हो । यस्तै प्रतियोगिताकै यो पहिलो औपचारिक वान डे पनि हो । नेपाल र ओमान दुवै वान डे मान्यता प्राप्त टिम हुन् । नेपालको यसअघि उच्च स्कोर २ सय ९७ रन रहेको थियो र यो नेपालले पपुवा न्युगिनीविरुद्ध बनाएको थियो ।

एकदिवसीय क्रिकेटमा कुशल मल्लको पहिलो शतक

नेपालका लागि कुशलले १ सय ८ रन बनाए र यो उनको पहिलो वान डे शतक हो । उनले ५९ बलको सामना गरेर शतक पूरा गरे र यो नेपालका लागि सबैभन्दा कम बलमा बनाइएको शतक हो । कुशलले समग्रमा ६४ बल खेले र त्यसमा नौ चौका तथा १० छक्का सामेल थियो । उनी आयन खानको बलमा आकिब इलियासद्वारा समातिए ।

प्रतियोगिताको पहिलो खेलमा पनि कुशलले मलेसियाविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए । कुशल आउट भएपछि नेपालको स्कोर बढाउने काम सोमपालले गरे । सोमपालले ४८ बलमा ६३ रन बनाए र नटआउट रहे । उनले नौ चौका प्रहार गरे । सोमपालले ३९ बलमा अर्धशतक पूरा गरेका हुन । अर्को नटआउट ब्याटर करण केसीले १५ बलमा २९ रन बनाए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत भने राम्रो रहेन । नेपालले आफ्ना दुवै ओपनर कुशल भर्तेल र आसिफ सेखलाई शून्यमा गुमाएको थियो । मध्यक्रमका तीन ब्याटरले भने महत्त्वपूर्ण योगदान दिए । त्यसमा भीम सार्कीले कप्तान रोहित पौडेलसँग लिमेर तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । रोहितले २३ रन बनाए । त्यसपछि भीमले ३३ र र आरिफ सेखले २९ रन बनाए ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0