Homeविजनेश

इन्फ्रास्ट्रक्चरको आइपीओ बाँडफाँट ५० कित्ता सबैलाई

इन्फ्रास्ट्रक्चरको आइपीओ बाँडफाँट ५० कित्ता सबैलाई

काठमाडौँ-अहिले सम्मकै सबै भन्दा ठुलाे साधारण सेयर (आईपीओ) भनिएकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर ५० कित्तासम्म आवेदन भर्ने सबैले पाउने

सिंगटी हाइड्रोकाे आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट
कोरिया र इजरायलको रोजगारीले रेमिट्यान्स बढ्ने
च्याउ खेतीमा सक्रिय दिलकुमारीलाई अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ-

अहिले सम्मकै सबै भन्दा ठुलाे साधारण सेयर (आईपीओ) भनिएकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर ५० कित्तासम्म आवेदन भर्ने सबैले पाउने भएका छन् । १० देखि ५० कित्तासम्म आईपीओ माग गर्नेले माग बमोजिमनै सेयर पाउने जानकारी दिएको छ ।

बुधबार कम्पनीले गरेको आईपीओको प्रिअलोटमेन्टमा १४ लाख ७५ हजार ८ जनाको आवेदन योग्य रहेको उल्लेख छ । कुल संख्याकाे ४ लाख ९२ हजारल ७२ ले भने लक्किड्र मार्फत ६० कित्ता पाउने बताइएकाे छ । कुल आवेदकमध्ये ६ हजार २ सय ७६ जनाको आवेदन भने नमिले भन्दै रद्द भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो ।

आइपीओ बाँडफाँट भने शुक्रबार विहान १० बजे हुनेछ । बैंकको शेयर वाँडफाँडको लागि एनआईविएल एस क्यापिटले बुधबार प्रि अलोटमेन्टको सबै काम सकाएर धितोपत्र बोर्डमा विवरण बुझाएको छ । बोर्डबाट स्वीकृति भएपछि बैंकको शेयर बाँडफाँड गर्ने बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0