Homeराजनिती

डा. बाबुराम भट्टराईकाे दाबी देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पाएको छु

डा. बाबुराम भट्टराईकाे दाबी देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पाएको छु

काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीले दिए राजीनामा, एकल सरकार बन्ने दाबी
प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ र विपक्षमा ८३
निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा

काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद‍् अध्यक्ष समेत रहेका भट्टराईले हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’ यस्ताे खुलासा गरेेका हुन् । भट्टराईले त्यो सूचना के हो भन्ने नखुलाएका भट्टराईले कुनै दिन यथार्थ बाहिर ल्याउने तर अहिले बेला नभएको उल्लेख गरेका छन् ।

‘वैशाख १३ गते करिब–करिब मध्यरातमा मेरो जीवनमा यस्तो एउटा घटना घटेको छ यो आज पनि उद्घाटित गर्दिनँ, तपाईंलाई संकेत मात्र गर्छु,’ डा. भट्टराइले भनेका छन्, ‘कुनै दिन मैले नेपाली जनतालाई बुझाउनुपर्छ किनकी म देशको सार्वभौमिकता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहन भनेर सपथ लिएको पूर्व प्रधानमन्त्री हो ।’

उनले देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पार्टीका जिम्मेवार नेता र अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि जानकारी गराएको बताएका छन् । उनले देशकाे उन्नतिकाे लागि सबै मिल्नु पर्नेमा पनि जाेड दिएका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0