Homeमनाेरञ्जन

टिकटक स्टार सुप्रिया र राइडर प्रसानकाे डेब्यु फिल्म “प्रेमगञ्ज” कस्ताे हाेला?

टिकटक स्टार सुप्रिया र राइडर प्रसानकाे डेब्यु फिल्म “प्रेमगञ्ज” कस्ताे हाेला?

काठमाडौ,हाल सर्वाधिक चर्चित सामाजिक संजाल टिकटकको नेपालमा पनि धेरै प्रयोगकर्ता रहेका छन् । बिशेष गरि गत चैतमा कोरोनाका कारण भएको लकडाउन बाट नेपालम

किन पक्राउ परिन विमानस्थलबाट दुबई जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन?
जीवनको नयाँ अध्याय सुरू गर्न भन्दै भिनेता आमिर खान र पत्नी किरणले गरे सम्बन्ध विच्छेद
उत्सव र आरतीले मागे माफी, टुंगियो विवाद

काठमाडौ,

हाल सर्वाधिक चर्चित सामाजिक संजाल टिकटकको नेपालमा पनि धेरै प्रयोगकर्ता रहेका छन् । बिशेष गरि गत चैतमा कोरोनाका कारण भएको लकडाउन बाट नेपालमा टिकटक क्रेज ह्यातै बढेको हो । यहि समयमा धेरैले टिकटक बनाउन सुरु गरे र लाखौं फलोअर्स कमाए । फलस्वरूप उनीहरु दर्शक माझ छिटै पपुलर समेत बने।

नेपालमा टिकटक बाट निकै चर्चा कमाउन सफल टिकटकरहरु हुन राइडर प्रसान (प्रसान श्रेष्ठ) र सुप्रिया खनाल । युवा पुस्तामा यी दुईको राम्रो क्रेज रहेको छ । फ्यानहरुले यी दुईलाई निकै धेरै माया दिएका छन्। टिकटकमा राइडर प्रसानको ७ लाख ५ हजार बढी र सुप्रिया खनालको ३ लाख ३० हजार बढी फलोअर्स छन् ।

टिकटकमा विभिन्न रुपमा आफ्नो कला प्रस्तुत गरिसकेका र केही म्युजिक भिडियो समेत अभिनय गरिसकेका यी दुई टिकटक स्टार अब भने चलचित्रको रंगिन दुनियाँमा प्रवेश गर्दै ठुलो पर्दामा देखिने भएका छन्। “प्रेमगञ्ज” फिल्म मार्फत यी दुईले नेपाली चलचित्रमा डेब्यु गरेका छन् ।

हाल यो फिल्म “प्रेमगञ्ज” को काभ्रेमा धमाधम छायाँकन भैरहेको छ । बिहीबारबाट काठमाडौंमा उपत्यकामा निषेधाज्ञा भएपनि काभ्रेमा निषेधाज्ञा नभएकोले फिल्मको छायाँकन भैरहेको हो । अझै केही साता फिल्मको छायाँकन काभ्रेमा गरिनेछ। फिल्मको युनिट छायाँकनका लागि काभ्रेको निकै विकट स्थानमा गएका छन्।

काभ्रेमा निषेधाज्ञा र कोरोना केहीको पनि प्रभाव नभएकोले ढुक्कसँग फिल्म छायाँकन गर्न पाइएको छ। अझै केही समय फिल्मको काभ्रे जिल्लामै सुटिङ हुनेछ । कोरोनाको प्रभाव नभएपनि स्वस्थ्य मापदण्डमा रहेर फिल्मको छायाँकन भैरहेको जानकारी छ ।

परिच्छेद सेनको निर्देशन रहेको फिल्ममा राइडर प्रसान (प्रसान श्रेष्ठ), सुप्रिया खनाल संगै नायिका बेनिशा हमाल र तेज गिरीको मुख्य भूमिका रहनेछ । तेजले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यु गर्न लागेका हुन् । फिल्ममा सिमरन खड्का, आयुष ढकाल लगायतका कलाकारको पनि अभिनय रहनेछ । टिकटकमा निकै फ्यान कमाएका प्रसान र सुप्रियाको पहिलो फिल्म कस्तो हुने हो रिलिज पछि नै थाहा हुनेछ।

केही साता अगाडि बाट छायाँकन सुरु भएको फिल्म “प्रेमगञ्ज” त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको हो । पुराना र युवा पुस्ताका कलाकारको अभिनय रहने फिल्ममा राजु फुयाँलको निर्माण र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। फिल्म चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको हो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0