Homeमनाेरञ्जन

भुकम्पले बिदेश जान रोकिएका प्रदिप कसरी बने नेपाली फिल्मका सुपरस्टार? (जन्मदिन बिशेष)

भुकम्पले बिदेश जान रोकिएका प्रदिप कसरी बने नेपाली फिल्मका सुपरस्टार? (जन्मदिन बिशेष)

-संगम अधिकारीकाठमाडौनेपालका सुपरस्टार नायक प्रदिप खड्का नेपाली चलचित्र र दर्शकका लागि प्रिय र परिचित नाम हो। उनै प्रदिप आज जन्मदिन मनाउदैछन। उ

टिकटक स्टार सुप्रिया र राइडर प्रसानकाे डेब्यु फिल्म “प्रेमगञ्ज” कस्ताे हाेला?
सेलिब्रेटकाे होली फाेटाे फिचर
उत्सव र आरतीले मागे माफी, टुंगियो विवाद

-संगम अधिकारी

काठमाडौ

नेपालका सुपरस्टार नायक प्रदिप खड्का नेपाली चलचित्र र दर्शकका लागि प्रिय र परिचित नाम हो। उनै प्रदिप आज जन्मदिन मनाउदैछन। उनको जन्मदिन बिशेष रहेर उनी कसरी नेपाली फिल्मको सुपरस्टार बने यसबारे चर्चा गरौं।

प्रदिप खड्काले पहिला सन्देशमुलक फिल्म ‘ठुलो मान्छे’ निर्माण गरे। फिल्मबाट घाटा बेहोरेका प्रदिप खड्का फिल्ममा अभिनय गर्न पनि इच्छुक थिए। यसकारण आफैंले हिम्मत गरेर फेरि चलचित्र ‘स्केप’ मा अभिनय र निर्माण गरे। तर फिल्मले खराव ब्यापार गर्‍यो। यसरी ‘ठुलो मान्छे’ र ‘स्केप’ दुबै फिल्म बाट उनी असफल भए।

प्रदीपले म्यानेजमेन्टमा मास्टर्स सकिसकेको थिएँ। घरमा पढे लेखेको छोरो बिग्रियो भन्ने थियो। उनले फिल्म गरेर विदेश जाने सहमतिमा लगानीका लागि कन्भिन्स गराएको थिए।दुबै फिल्म बाट पैसा दुब्यो। ‘स्केप’ असफल भएपछि प्रदिप माथी अझ दबाब पर्यो। उनले बिदेश जानुपर्ने भयो।

‘स्केप’ २०७१ को माघतीर रिलिज भयो। त्यसपछि २०७२ वैशाखमा भुँईचालो आयो। बाहिर जान लोन आदिको लागि बैंकले भ्यालुएसन गर्न मानेका थिएनन्।यसै बीच उनी ‘प्रेम गीत’ फिल्मका लागि मुख्य कलाकारमा छानिए। ‘प्रेम गीत’ फिल्म रिलिज भयो, दर्शकले मन पराए। उनको विदेश जाने बाटो रोकियो।

आज प्रदिपका लागि महंगो पारिश्रमिक खर्चन निर्माताकै तछाडमछाड पर्छ। ‘प्रेम गीत’ पछि प्रदिप द्वारा अभिनित फिल्महरु ‘प्रेम गीत २’, ‘लिलिबिली’, ‘रोजी’ ‘लभ स्टेशन ‘ रिलिज भइसकेका छन। यी मध्य केही फिल्मले सोचे जस्तो ब्यापार नगरेपनि प्रदिपको माग बढ्दो छ।

उनी अभिनित पछिल्लो फिल्म ‘प्रेम गित ३’ गतबर्ष नै रिलिज हुन्थ्यो तर कोरोना महामारीका कारण अहिलेसम्म रिलिज हुन सकेको छैन। प्रदीपले केही समय अगाडि मात्र दिनेश राउतको फिल्म ‘प्रकाश’ मा अभिनय गर्ने पक्का भएको छ। उनले अरु फिल्ममा पनि खेल्ने चर्चा छ।

नायक प्रदिप खड्का लाई जन्मदिनको हार्दिक शुभकामना!

COMMENTS

WORDPRESS: 0
    DISQUS:0