Homeराजनिती

अब नेपाली राजनितिमा काङ्ग्रेसकाे भुमिका कस्ताे हाेला?

अब नेपाली राजनितिमा काङ्ग्रेसकाे भुमिका कस्ताे हाेला?

संगम अधिकारी,काठमाडौ-हिजो साझ सम्मानित सर्बोच्च अदालतले ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै संसद पुनःस्थापनाको निर्णय गरे

दोस्रो पटक उपप्रधान एवं गृहमन्त्रीमा रविको ‘कम ब्याक’
प्रधानमन्त्रीलाई याेगेश भट्टराईकाे जवाफ, हामी नै लिस्ट पठाउँछाै कार्वाही गर्नुहाेस्
प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

संगम अधिकारी,

काठमाडौ-

हिजो साझ सम्मानित सर्बोच्च अदालतले ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै संसद पुनःस्थापनाको निर्णय गरे संगै नेपाली राजनिती फेरी गर्माएको छ। सर्बोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन समेत आदेश जारी गरेको छ। पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलिको सिफारिसमा रास्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

सरकारको कदम विरुद्ध सर्बोच्च अदालतमा धेरै मुद्दा दर्ता भएकोले अदालतले लामो छलफल पछी एतिहासिक निर्णय सुनाएको हो। संसद पुनःस्थापना पछि आम जनतामा भने अबको नेपालको राजनिती कता जाला भन्ने चासो देखिन्छ।

प्रधानमन्त्रीले संविधानमै नभएको अधिकार प्रयोग गरि संसद विघटन गरेका थिए । विघटन असंमैधानिक भन्दै चोतर्फी बिरोध भएको थियो। ओलि माथि संविधान मिचेको आरोप लागेको थियो।

लामो प्रतीक्षा पछि आएको अदालतको यो निर्णय लाई प्रचण्ड-नेपाल समुह, नेपाली काङ्ग्रेस, जनता समाजबादी, विवेकशील साझा पार्टी लगायत सम्पुर्ण नेपाली जनताले स्वागत गर्दै सर्बोच्च अदालतलाई सम्मान र धन्यवाद भनेका छन्। हिजो साझ कतिपय स्थानमा दिप प्रज्वोलन समेत गरिएको थियो। साथै नैतिकताको आधारमा राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल राजीनामाको माग समेत गरेका छन्।

उता सर्बोच्चको निर्णय पछि पनि प्रधानमन्त्री भने तत्काल राजिनामा दिने पक्षमा छैनन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार ओलिले राजिनामा नदिई संसद फेस गर्ने बताएका छन्। यसैको लागि छलफल गर्न उनले आफ्नो समुहको पार्टी स्थायी कमिटी बैठक र मन्त्री परिषद बैठक पनि बोलाएका छन्। अबको ओलिको निर्णयले पनि नेपाली राजनीतिमा ठुलो अर्थ राख्नेछ।

अब कुनैपनि रूपमा संसद सुरु भएपछि ओलि सरकारले सत्ता छोडनुपर्ने निस्चीत देखिन्छ किनकि उनले फेरि बिश्वासको मत पाउने सम्भावना निकै कम छ। यस्तो अवस्थामा नेपाली काङ्ग्रेसको भुमिका ठुलो हुने देखिएको छ किनभने नेकपा बिभाजित भएकोले नेपाली काङ्ग्रेस बिना सरकार बन्न सजिलाे देखिदैन् । यदि नेपाली काङ्ग्रेस सरकारमा नजाने र प्रतिपक्षमा नै बस्ने निर्णय गरेको खण्डमा नेपाली राजनितिले अर्कै माेड लिन्छ।

हाल प्रतिनिधि सभा २७५ सदस्य छन् जसमा सरकार बनाउन कम्तीमा १३८ जना सांसद चाहिन्छ। नेकपाको १७४ सांसद छन् जसमा ओलीको ७९ र प्रचण्ड-माधवको ९५ सांसद भएको बुझिएको छ। उता नेपाली काङ्ग्रेसको ६३, जनता समाजबादीको ३४ र अन्यको ४ सांसद छन्। नेकपा एक भएको खण्डमा सजिलै सरकार बनाउन पुग्छ। तर नेताहरुका पछिल्लो अभिव्यक्तिले र टकराबले त्यसो हुने देखिएको छैन।

जसमा ओली र कांग्रेस मिल्दा १४१, प्रचण्ड-माधव र कांग्रेस मिल्दा १५८ सांसद पुग्छन् र सरकार बन्छ। तर काङ्ग्रेस बिना जसपा, प्रचण्ड-माधव र अन्य मिल्दा पनि सरकार बन्ने सांसद पुग्दैन। यसैले अबको राजनितीमा नेपाली काङ्ग्रेसको भुमिका निकै नै महत्त्वपूर्ण हुनेछ। सर्बोच्चको निर्णय पछि मात्र कदम चाल्ने बताउदै आएको काङ्ग्रेस अब कसरी अगाडि बढ्ला प्रतीक्षा गर्नुपर्ने हुन्छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0