Homeराजनिती

सरकार-विप्लव चलिरहेकाे वार्ता बिहीबार तेस्रो चरणमा प्रवेश

सरकार-विप्लव चलिरहेकाे वार्ता बिहीबार तेस्रो चरणमा प्रवेश

काठमाडौं-पछिल्लाे समय सरकार र विप्लव समूहबीच चलिरहेकाे वार्ता बिहीबार तेस्रो चरणमा बिहानैदेखि सुरु भएको छ । बुधबार बिहान र बेलुकी दुई चरणको वार्ता

प्रचण्डले गरे कारवाही माग
माओवादी त्यागेर एमाले बनेका सांसदहरूको पद गुम्ने
विष्णु मिलाऊँ भन्ने, ईश्वर कहाँ मिल्छ, केही उपाय त खोजौँ: सुवास नेम्वाङ

काठमाडौं-

पछिल्लाे समय सरकार र विप्लव समूहबीच चलिरहेकाे वार्ता बिहीबार तेस्रो चरणमा बिहानैदेखि सुरु भएको छ । बुधबार बिहान र बेलुकी दुई चरणको वार्ता भएपछि तेस्रो पटक आज दुईपक्ष संवादमा जुटेका हुन् ।

बालुवाटार निकट स्रोतका अनुसार अहिले भइरहेको छलफलमा समूहका राजनीतिक एजेण्डाबारे कुराकानी हुनेछ । प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न सरकारले सकारात्मक रहेको बुधबारै बताइसकेको छ ।

चााडै मन्त्रिपरिषद् बैठक बसेर प्रतिबन्ध फुकुवा गर्ने विप्लव समूहको वार्ता टोलीलाई भनिएको छ । वार्ता टोलीका सदस्यले सरकारतर्फबाट आएको प्रस्तावबारे महासचिव विप्लवसँग समेत कुरा गरिसकेका छन् ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको टोली छ भने विप्लव समूहबाट भूमिगत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ सदस्य रहेको वार्ता टोली छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0