Homeमनाेरञ्जन

उत्सव र आरतीले मागे माफी, टुंगियो विवाद

उत्सव र आरतीले मागे माफी, टुंगियो विवाद

काठमाडाैं- नायिका सुष्मा कार्की बिचकाे विवाद टुंगिएकाे छ । मंगलबार महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा उत्सव रसाइली र नायिका स्वेता खड्काकी बहिनी

टिकटक स्टार सुप्रिया र राइडर प्रसानकाे डेब्यु फिल्म “प्रेमगञ्ज” कस्ताे हाेला?
पल शाहले पाए बलात्कारको मुद्दामा सफाइ, अर्काे मुद्दामा साढे २ वर्षको कैद
कंगना रनावतकाे ‘थलाइवी’ ओटीटीबाट मात्रै ५५ करोड

काठमाडाैं-

नायिका सुष्मा कार्की बिचकाे विवाद टुंगिएकाे छ । मंगलबार महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा उत्सव रसाइली र नायिका स्वेता खड्काकी बहिनी आरती खड्काले माफी मागे सँगै विवाद टुंगिएकाे हाे ।

सुष्मा कार्कीले मंगलबार आफूमाथि उत्सव रसाइलीले आफूमाथि काठमाण्डौको लण्डन पबमा कुटपिट र गालीगलौज भएको भन्दै महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी थिइन् । नायिका सुष्मा कार्कीलाई आरतीले कुटपिट गरेकी थिइन् ।

वुधबार दिनभर प्रहरी वृत्तमा भएको छलफलपछि यो विवाद सहमतीमा टुंगिएको छ । ना यिका सुष्मा कार्कीसँग रंग पत्रकार उत्सव रसाइली र आरतीले माफी मागेपछि विवाद सकिएको हो ।

सुष्माले उपस्थित मिडियाकर्मीसँग भनिन्–‘मान्छेबाट गल्ती हुन्छ, उहाँले स्विकार गरिसकेपछि मैले उहाँलाई माफी दिएकी छु ।’

उत्सव रसाइलीले केही कुरामा असमझदारी भएको भन्दै नहुन पर्ने घटना भएको भन्दै माफी मागे । उनले, आगामी दिनमा यस्ता खालका विवाद, भनाभन हुने छैन भन्ने सहमती पनि भएको बताए । एक अर्काको आत्मालाई सम्मान गरेर अगाडि बढ्ने सहमती भएको उनको भनाई छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0