Homeराजनिती

प्रधानमन्त्रीलाई याेगेश भट्टराईकाे जवाफ, हामी नै लिस्ट पठाउँछाै कार्वाही गर्नुहाेस्

प्रधानमन्त्रीलाई याेगेश भट्टराईकाे जवाफ, हामी नै लिस्ट पठाउँछाै कार्वाही गर्नुहाेस्

ज्ञान राज-काठमाडाैं-पूर्व मन्त्री तथा नेकपा एमालेका नेता योगेश भट्टराईले आफुहरुलाई कार्वाही गर्न चुनौति दिएका छन् ।पूर्व मन्त्री भट्टराईले

किन भीम रावल एमालेका सबै उम्मेदवारलाई मत माग्न सक्दैनन्?
केन्द्र सरकार: कुन कुन मन्त्रालयमा छ भागबन्डाको लफडा?
सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज हुने

ज्ञान राज-

काठमाडाैं-

पूर्व मन्त्री तथा नेकपा एमालेका नेता योगेश भट्टराईले आफुहरुलाई कार्वाही गर्न चुनौति दिएका छन् ।

पूर्व मन्त्री भट्टराईले प्रधानमन्त्रीले आज बालुटारमा भएको चियापान कार्यक्रममा आफुहरुलाई धम्की पुर्ण भाषा बोलेको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्रीकाे भाषण यस्ताे थियाे ‘…भोलीको भेला गर्नुहुन्छकी गर्नु हुन्न उहाँहरु कति तमसा गर्नुहुन्छ त्यो चाही एक नचार चाही त्यता राखिन्छ र पार्टीलाई धम्काएर ठेकान लगाउँछु भनेको छ भने पार्टी बिधान अनुसार चल्छ ।’

भट्टराई भन्छन् ‘प्रधानमन्त्रीको त्यो भाषण धम्कीपुर्ण छ तपाइले कार्वाही गर्न मन छ भने गर्नुहोस् नजर लगाउनु पर्दैन हामी लिस्ट नै पठाइदिन्छौ २० लाख कार्यकर्ता छन् कार्वाही गर्नुहोस् ।’

माधवकुमार नेपाल पक्ष प्रधानमन्त्रीको चियापानमा नआएको भन्दै प्रधानमन्त्रीले आक्रोस पोख्दै खरो रुपमा प्रस्तुत भएका थिए । पूर्व मन्त्री भट्टराईले प्रधानमन्त्रीले धम्की पुर्ण भाषा बोलेको भन्दै कार्वाही गर्न चुनौती दिएका छन् ।

आदलतले नेकपा एमालेलाई पहिलाको ठाउँमा फर्काइदिए पनि उक्त पार्टी भित्र शक्ति संघर्ष भने चलिरहेको छ । केपी शर्मा वली एक पक्षमा देखिएका छन् भने माधव कुमार नेपाल अर्को पक्षमा देखिएका छन् ।

केपी शर्मा वलीले पार्टीमा एकलौटी निर्णय गरेर पार्टीको बिधान नमानेको भन्ने नेपाल पक्षको असन्तुस्टी छ । अर्को तिर वली पक्षले पार्टीलाई बिभाजनमा लगेको भन्ने आरोप छ ।

भिडियाे हेर्नुहाेस् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0