काठमाडौ,फिल्म- नेपाली चलचित्रका दर्शकका लागी मेघास्टार अनमोल केसि निकै नै चर्चित र प्रिय ब्यक्ति हुन्। उनले २०७० सालमा 'होस्टेल' फिल्म मार्फत नेपा
काठमाडौ,
फिल्म- नेपाली चलचित्रका दर्शकका लागी मेघास्टार अनमोल केसि निकै नै चर्चित र प्रिय ब्यक्ति हुन्। उनले २०७० सालमा ‘होस्टेल’ फिल्म मार्फत नेपाली फिल्ममा डेब्यु गरे। मात्र सात फिल्ममा अभिनय गरेका अनमोल कसरी बने नेपाली फिल्मका मेघास्टार ? उनकाे जन्मदिन बिशेषमा संगम अधिकारीले तयार पारेकाे रिपार्ट ।
फिल्म रिलिज अघि देखि नै सुपरस्टार नायक भुवन केसिका हेन्डसम छोराको रुपमा अनमोल नेपाली जनता माझ परिचित थिए। जब २०७० सालमा उनको पहिलो फिल्म ‘होस्टेल’ को प्रोमो र गित टेलिभिजन तथा अनलाइनमा बज्न थाल्यो नेपाली दर्शकले उनलाई नोटिस गर्न थाले। फिल्म हेर्न जाने सोच बनाए। जब फिल्म रिलिज भयो, अनमोल केसि प्रति फ्यानहरु क्रेजी देखिए। फिल्मले सुपरहिटको ब्यापार गर्यो।
उक्त समयमा नेपाली फिल्म हेर्न युवा दर्शकहरु हल आउन छोडेका थिए तर जब अनमोलको ‘होस्टेल’ रिलिज भयो युवाहरु स्कुल / कलेज छोडेर समेत हलमा आएको देखियो। यति सम्म कि हलमा विद्यार्थी आएको पुलिसले नै निगरानी गर्नुपर्यो र कडाइ गर्नु परेको थियो। यसरी अनमोल नेपाली फिल्म हेर्न हलमै नआउने युवा दर्शकलाई हलमा ल्याउन सफल भए।
अनमोलको दोस्रो फिल्मको रूपमा जेरि २०७१ मा रिलिज भयो यो फिल्मले पनि बक्सअफिसमा सुपरहिटको ब्यापार गर्यो। यसपछी झन उनको क्रेज र डिमान्ड बढ्न थाल्यो। अनमोल केसिको हाल सम्म होस्टेल (२०७०), जेरि (२०७१), ड्रम्स (२०७२), गाजलु (२०७३) कृ (२०७४) क्याप्टेन (२०७५) र ए मेरो हजुर ३ (२०७५) गरि ७ वटा फिल्म रिलिज भएका छन्।
केबल ७ फिल्ममा मात्र अभिनय गरेका अनमोल केसिको ७ मध्य धेरै फिल्मले सुपरहिटको ब्यापार गरेका छन्। यसकारण उनलाई आज भोलि मेघास्टार भन्न थलिएको हो। उनको पछिल्लो रिलिज ‘ए मेरो हजुर ३’ फिल्मले १० करोडको आकर्षक ब्यापार गरेको थियो।अनमोल हाल ‘ए मेरो हजुर ४’ को छायांकनमा ब्यस्त छन्, जुन फिल्म २०७८ को भदौमा रिलिज हुनेछ।
अनमोल केसि यति चर्चित र सफल भएपनी उनका केही बिरोधि पनि छन्। उनिहरुले केसिको अभिनय माथी प्रश्न उठाउने गरेका छन्। उनको अभिनय जिवन्त नभएको भन्ने एक पक्ष छन्। तर सामाजिक संजालमा देखिने त्यस्ता नकारात्मक कमेन्टमा अनमोलको करिएरमा कुनै असर देखिएको छैन। फेरि ती वास्तविक दर्शक हुन भन्नेमा पनि प्रश्न छ। अनमोलको अभिनय पनि बिस्तारै हरेक फिल्म पछि सुधार हुँदै गएको देखिएको छ।
जन्मदिनको हार्दिक शुभकामना मेघास्टार अनमोल केसि!
COMMENTS