Homeमुख्य समाचार

किन भयाे किशोरकी प्रेमि लक्ष्मी गदाललाई वाग्लेद्वारा आक्रमण?

किन भयाे किशोरकी प्रेमि लक्ष्मी गदाललाई वाग्लेद्वारा आक्रमण?

-संगम अधिकारी,काठमाडौनायक किशोर खतिवडाको प्रेमि लक्ष्मी गदाल कोठामा एक्लै भएको समयमा हिजो आइतबार महिला अधिकार कर्मी भनिएकी सृजना वाग्लेले आक्र

दसैंमा घर जाने हो ? १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने
झिनियाँबाटै एक सिजनमा ६ लाख आम्दानी
केरुङ काठमाडौँ रेलमार्ग चीनसँग प्रस्ताव गरिने

-संगम अधिकारी,

काठमाडौ

नायक किशोर खतिवडाको प्रेमि लक्ष्मी गदाल कोठामा एक्लै भएको समयमा हिजो आइतबार महिला अधिकार कर्मी भनिएकी सृजना वाग्लेले आक्रमण गरेकी छिन। निषेधाज्ञाको चरम उलंघन गर्दै केही सहयोगी र मिडिया सहित सृजना त्यहाँ लक्ष्मीको कोठामा पुगेकी थिइन।

सृजनाले लक्ष्मीको कोठा तोडफोड गर्दै जवर्जस्ती भित्र प्रवेश गरि हातपात गर्दै कालो मोसो समेत दलेकी छिन। यसको भिडियो हाल युट्युबमा भाइरल रुपमा देख्न सकिन्छ । यसले पनि नेपालमा महिला अधिकारकर्मीको वास्तविक अबस्थाको चित्रण गरेको देख्न सकिन्छ।

एउटा महिला अधिकार कर्मी भएर अन्यायमा परेका महिलालाई न्याय दिनुपर्ने हो तर सृजनाले निषेधाज्ञाको पुर्ण उलंघन गर्दै एउटा महिला त्यो पनि कोठामा एक्लै भएको अबस्थामा समुहमा गएर आक्रमण गर्नुले नेपालका अधिकारकर्मीको सोच, भनाइ र गराइमा प्रश्न उठेको छ ।

हालको अवस्था आउनुमा भने एक समयका चर्चित नायक किशोर खतिवडाको भुमिका देखिन्छ। उनले रेखा थापा संग सफल फिल्महरु कसले चोर्यो मेरो मन, लन्का, रावण, काली आदिमा अभिनय गरेका छन्। किशोर बिगत ३ बर्ष देखि लक्ष्मी गदाल संग “लिभिङ टुगेदर” मा बसेका रहेछन्।

केही साता अघि किशोरले धोका दिएको र टाढा हुन खोजेको आरोप सहित लक्ष्मी मिडियामा आएकी थिईन। पछि दुईको कुरा मिल्दा लक्ष्मीले महिला अधिकारकर्मी सृजनाले आफुलाई उक्साएको र किशोर विरुद्ध बोल्न लगाएको भन्दै विभिन्न आरोप लगाएको थिईन। यसपछी किशोरले पनि सृजनाको भन्डाफोर गर्ने बताएका थिए।

हेडलाईन नेपाल नामक एक अनलाइन टिभीमा केही ब्यक्तिहरु आएर सृजनाले तिनिहरुको पैसा लिगेको र किशोर-लक्ष्मी लाई जस्तै छुटाउन लागेको आरोप लगाएका थिए। यसैले सृजनाले आफ्नो चरीत्र हत्या गर्न खोजेको आरोप लगाउदै लक्ष्मी माथी आक्रमण गरेकी हुन।

सृजना माथि अन्याय परेको भए कानुनी बाटो रोज्न सकिने सुबिधा हुँदा हुँदै एउटा अधिकारकर्मीको यस्तो ब्यवहार भने स्वभनिए देखिएन। हाल उनी प्रहरी नियन्त्रणमा छिन्।अरुको निवासमा बिना अनुमती जबर्जस्ती पस्दा १ बर्ष सम्म जेल हुनसक्ने कानुनी ब्यवस्था छ। प्रहरीले यो केस कसरी मिलाउछ हेर्न बाकी छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0