Homeराजनिती

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीले दिए राजीनामा, एकल सरकार बन्ने दाबी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीले दिए राजीनामा, एकल सरकार बन्ने दाबी

काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकार गठनमा दाबी गरेका छन् ।आफू संविधानको धारा १६८ को उपधा

२८ घण्टा भित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको आदेश
संसद विघटन मुद्दामा सर्वोच्चकाे पहिलाे आदेश
बाढीपहिरो र डुबानमा परेकाको उद्धारमा निजी हेलिकप्टर प्रयोग गर्ने तयारी

काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकार गठनमा दाबी गरेका छन् ।

आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने उनको दाबी छ ।

पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले भने, ‘एमालेको एकल सरकार बनाउने गृहकार्यअनुसार मुख्यमन्त्रीले राजीनामा दिनु भएको हो ।’ दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध एमाले, कांग्रेस र जसपाले वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्तावमा छलफलका लागि बोलाइएको विशेष अधिवेशन आजबाट सुरु हुँदै छ । तर मुख्यमन्त्री पोखरेलको राजीनामा आएपछि सत्ता समीकरणको खेल फेरिएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा)का चार जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । जसमा पोखरेलको पार्टी नेकपा एमालेका ४१ सांसद छन् । एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो । त्यसैले एमालेले एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0