Homeमुख्य समाचार

अमेरिकी सर्वोच्च अदालतको फैसला: अब अवैध रुपमा प्रवेश गर्नेले ग्रीनकार्ड नपाउने

अमेरिकी सर्वोच्च अदालतको फैसला: अब अवैध रुपमा प्रवेश गर्नेले ग्रीनकार्ड नपाउने

काठमाडौं- अमेरिकामा अब अवैध रूपमा बस्नेले ग्रीनकार्ड नपाउने भएका छन् ।अमेरिकाको सर्वोच्च अदालतले अब अवैध रुपमा अमेरिका प्रवेश गरेका र अमेरिकाको वि

आन्दाेलनकारीको ज्यान प्रहरीले नै रगत दिएर बचाए
असिना पानीले तरकारी र हिउँदेबाली नष्ट
झिनियाँबाटै एक सिजनमा ६ लाख आम्दानी

काठमाडौं- अमेरिकामा अब अवैध रूपमा बस्नेले ग्रीनकार्ड नपाउने भएका छन् ।

अमेरिकाको सर्वोच्च अदालतले अब अवैध रुपमा अमेरिका प्रवेश गरेका र अमेरिकाको विभिन्न कार्यक्रम अन्तर्गत अस्थायी रुपमा आफ्नो मुलुक फिर्ता गराउनबाट रोकिएका मानिसलाई ग्रीनकार्डको आवेदन दिनबाट रोक्न सरकारलाई निर्देशन दिएको छ । अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश एलेना कागनले सोमबार यस्तो निर्देशन दिएकी हुन् ।

उक्त निर्णयले अमेरिका अवैधरुपमा प्रवेश गरेर अहिले टीपीएस कार्यक्रममा बसिरहेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति पाउने आशामा बसेका मानिसहरु प्रभावित हुनेछन् । अमेरिका अवैधरुपमा प्रवेश गरेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति दिन नहुने आवाज यसअघि पनि उठ्दै आएको थियो ।

-Agency

COMMENTS

WORDPRESS: 0
    DISQUS:0