Homeस्वस्थ्य

दक्षिण अफ्रिकाकी एक महिलाले दिइन् १० जना सन्तानलाई जन्म

दक्षिण अफ्रिकाकी एक महिलाले दिइन् १० जना सन्तानलाई जन्म

काठमाडाै- दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० जना सन्तानलाई जन्म दिएकी छन्। दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहो

फलफूलको मूल्य चर्को मारमा उपभोक्ता
तीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमै सकिने अवस्था
सरकारले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने

काठमाडाै- दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० जना सन्तानलाई जन्म दिएकी छन्। दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका छन्।

उक्त समाचार बारे गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको छ। पूरा अवधि नपुगी जन्मिएका बच्चाहरूलाई अहिले अस्पतालमै राखिएको छ।

एउटा रिटेलस्टोर म्यानेजरको काम गर्ने गोसियामीले यसअघि पनि जुम्ल्याहालाई जन्म दिएकी थिइन्। उनले अब जन्मेका बच्चाहरूलाई आफू र श्रीमानले हुर्काउन नसक्ने भन्दै सहयोगको अपिल गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसअघि गत महिना अर्को अफ्रिकी मुलुक माली एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएकी थिइन्। मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएकी हुन्।

मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0