Homeमुख्य समाचार

बाढीका कारण मेलम्चीको पानी आउन ढिलाइ हुने

बाढीका कारण मेलम्चीको पानी आउन ढिलाइ हुने

काठमाडौं- मेलम्ची खानेपानी आयोजना स्थलमा गत मंगलवार आएको बाढीका कारण क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउन ढिलाइ हुने भएकाे छ। असार १ गतेदेखि सुरू

जुम्लामा हिमपातले चिसो बढेपछि जनजीवन कष्टकर
४५ वर्षदेखि बाह्र सय परिवार लालपुर्जाविहीन
भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा

काठमाडौं- मेलम्ची खानेपानी आयोजना स्थलमा गत मंगलवार आएको बाढीका कारण क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउन ढिलाइ हुने भएकाे छ। असार १ गतेदेखि सुरूङ खाली गरी निरीक्षण तथा परीक्षण गर्न आयोजनाले काठमाडौंमा पानी वितरण गर्न स्थगित गरेको थियो ।

तर, सोही दिन नै सिन्धुपाल्चोकस्थित आयोजनाको मुख्य बाँध स्थल अम्बाथानमा बाढी आएपछि भएको क्षतिले मेलम्चीको पानी ल्याउने निर्धारित समय लम्बिने देखिएको हो । सुरुङ परीक्षण तथा निरीक्षणका लागि भदौ मसान्तसम्म काठमाडौंमा मेलम्चीको पानी वितरण नहुने समितिले यसअघि नै सूचना जारी गरिसकेको थियो । मनसुन शुरू हुनासाथ नै मेलम्चीमा आएको बाढीपहिरोका कारण आयोजना स्थलमा क्षति पुगेपछि थप केही महीना पानी नआउने निश्चित भएको छ ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बाढीपछिको अवस्थाले पहिले तोकिएको मितिमै पानी ल्याउन सकिने सम्भावना नभएको बताए । सडक विभाग, नेपाली सेना, स्थानीय सरोकारवाला निकायको सहयोग भएमा निर्धारित समयभन्दा केही महीना ढिलाइ भए पनि पानी ल्याउन सकिने उनको भनाइ छ ।

‘आयोजना स्थलमा क्षति भएका पूर्वाधारहरू सडक, क्याम्प, पुलहरू बनाउँदा मर्मतसम्भारले कति समय लिन्छ भन्ने कुराले पानी आउने आधार तय गर्नेछ,’ पन्तले भने, ‘क्षति भएका संरचनाहरू बनाउन थप २÷३ महीना लाग्ने देखिन्छ किनभने भर्खर वर्षाको सिजन शुरू भएको छ र जोखिम कायमै छ ।’

COMMENTS

WORDPRESS: 0
    DISQUS:0