Homeराजनिती

महासचिव नेत्रविक्रम चन्द र वैद्य भेटवार्ता

महासचिव नेत्रविक्रम चन्द र वैद्य भेटवार्ता

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ बीच भेटवार्ता भएको छ

घटनामा संलग्नलाई तत्काल कारबाही गर्न भारतसँग नेपालकाे माग
आजबाट सबै मतपत्र छपाइ सकिने: निर्वाचन आयोग
सबै प्रदेशमा अस्थायी अस्पताल बनाउन कांग्रेसको माग

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ बीच भेटवार्ता भएको छ ।

शनिबार वैद्यलाई भेट्न विप्लव उनकै निवास पुगेका थिए । भेटमा क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । वैद्य र विप्लव यसअघि एउटै पार्टीमा थिए ।

पछिल्लो समय विप्लवले राजनीति भेटघाटलाई तीव्रता दिएका छन् । यसअघि, गएको शुक्रबार उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई उनकै निवासमा पुगेर भेटेका थिए ।

यस्तै, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सित पनि भेटवार्ता गरेका थिए । बुधबार प्रचण्डलाई भेट्न खुमलटार गएका उनी बिहीबार नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेका थिए ।

ती भेटवार्ताहरुमा उनले आफ्नो पार्टी र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनमा जोड दिएको बताइएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0