Homeमुख्य समाचार

लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति

लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति

काठमाडाै- जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको महामारीका कारण गत वैशाखदेखि रोकिएका लामो दुरीका सवारीसाधन सञ्चालन अनुमति दिएको छ।प्रशा

उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग तीन गुणासम्म बढी भाडा असुली
काठमाडौंमा तीन दिन मदिरा विक्रीमा रोक, सवारीसाधन नचलाउन निर्देशन
२०७८ को पहिलो जनगणनाका लागि सुपरीवेक्षक गाउँ-गाउँमा

काठमाडाै- जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको महामारीका कारण गत वैशाखदेखि रोकिएका लामो दुरीका सवारीसाधन सञ्चालन अनुमति दिएको छ।

प्रशासनले शुक्रबार एक सूचना निकालेर लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न व्यवासायीहरुलाई भनेको हो। प्रशासनको यस निर्णयसँगै अब देशका अन्य स्थानबाट लामो दुरीका यातायात काठमाडौं प्रवेश गर्न पाउनेछन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मन्त्रिपरिषद्को निर्णयानुसार लामो दुरीका यातायात खुलाउने निर्णय लिइएको बताए।

‘मन्त्रिपरिषद्को निर्णयाअनुसार हामीलाई गृह मन्त्रालयबाट यातायात खुलाउनेबारे परिपत्र आएको थियो’, उनले भने, ‘गृहको त्यही निर्देशन अनुसार लामो दुरीका यातायात खुलाउन सार्वजनिक सूचना निकालेका हौँ।’

प्रशासनले त्रिभुवन विश्वविद्यालय र लोक सेवा आयोगसहितका परीक्षाहरू यही साउनदेखि हुने भएपछि लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चाल अनुमति दिइएको जनाएको छ।

‘परीक्षार्थी र सर्वसाधरणको आवतजावत सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।

कोरोनाको दोस्रो महामारीका कारण सरकारले लामो तथा छोटो दुरीका सवारीसाधन गत वैशाखदेखि बन्द गरेको थियो। छोटो दुरीका साधन चलिसकेका छन् भने अब लामो दुरीका यातायात पनि सञ्चालनमा आउन लागेका हुन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0