HomeUncategorized

जसपा विवादमा यादवलाई बहुमत, रेशम चौधरी तटस्थ

जसपा विवादमा यादवलाई बहुमत, रेशम चौधरी तटस्थ

काठमाडौं- जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोग पुगेका रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट आयोग पुगेका उनले आधिकारिकत

नेपाललाई आफ्नै भूउपग्रह राख्नका लागि परामर्श दिन चारवटा कम्पनीको प्रस्ताव पेस
संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहको विशाल प्रदर्शन
४ महिनामा एक लाख ३६ हजार वैदेशिक रोजगारीमा, धेरैको रोजाइमा कुन देश?

काठमाडौं- जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोग पुगेका रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट आयोग पुगेका उनले आधिकारिकता विवादमा मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो भनेका छन् ।

जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो । सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुबै पक्षमा मत नदिएको जिकिर गरे ।

निर्वाचन आयोगकाे अनुसार उपेन्द्र यादवको पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । यादवको पक्षमा बहुमत भएकाले यादज पक्षले आधिकारिकता पाउने देखिएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0