Homeविजनेश

जीवन विकास लघुवित्तको शेयर बिहिबार देखी काराेबार, कति पयो ओपनिङ्ग रेञ्ज?

जीवन विकास लघुवित्तको शेयर बिहिबार देखी काराेबार, कति पयो ओपनिङ्ग रेञ्ज?

काठमाडाै- लामाे समय प्रतिक्षामा रहेकाे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज सूचीकृत भएको छ। कम्पनीले सर्वसाधा

१५ महिनादेखि कोरिया रोजगारी बन्द हुदाँ १० हजार अन्योलमा
मैलुङ खाेलाको आईपीओ बाँडफाँट, कति जनाले पाए सेयर?
फागुनमा मात्रै ४ डिम्याट खाता थपिएका, डिम्याट खोल्नेको सङ्ख्या ३३ लाख

काठमाडाै- लामाे समय प्रतिक्षामा रहेकाे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारणमा बिक्री गरेको समेत गरी कुल ६० लाख ८४ हजार एक सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले दोश्रो बजारमा कारोबारका लागि लघुवित्तलाई जेबिएलबि (JBLB) सिम्बोल दिएको छ भने कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

बिहीबार यही रेञ्जमा आधारित रहेको कम्पनीको शेयर कारोबार खुल्नेछ।

लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0