Homeमुख्य समाचार

लुम्बिनीको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने

लुम्बिनीको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने

काठमाडाै- विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्

काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै
बुवाको मुख हेर्ने दिन, आफ्ना बाबुलाई मन पर्ने मिठाई खुवाई मनाइदै
काठमाडौं महानगरपालिका प्रमुखमा वालेन्द्र शाह निर्वाचित

काठमाडाै- विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेल साढे ३ वर्षे कार्यकालको सत्ताबाट बाहिरिएसँगै बन्ने सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियाले यस्तो जानकारी दिएका हुन् । उनले माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले र त्यसपछि कांग्रेस संसदीय दलका नेताको हैसियतले आफूले सरकारको नेतृत्व गर्ने सहमति भएको बताए ।

उनले केसीको नेतृत्वमा बन्ने सरकारमा तत्काललाई प्रत्येक दलबाट एक–एक जना मन्त्री हुने र विश्वासको मत लिएपछि मन्त्रीमण्डल विस्तार गरिने बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0