Homeमुख्य समाचार

भारतीय जङ्गली हात्तीबाट अन्नबाली जोगाउनै हम्मे

भारतीय जङ्गली हात्तीबाट अन्नबाली जोगाउनै हम्मे

झापा– मेचीनगर नगरपालिका– १ का लालबहादुर मोक्तान बाला झुल्न थालेको धानबाली हेरेर मख्ख थिए। शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्केक

काउलीमा भेटियो खान नहुने विषादी
असिना पानीले तरकारी र हिउँदेबाली नष्ट
मुलुकभर भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

झापा– मेचीनगर नगरपालिका– १ का लालबहादुर मोक्तान बाला झुल्न थालेको धानबाली हेरेर मख्ख थिए। शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्केका उनले वर्षदिन खान पुग्ने धान फल्ने अनुमान गरे। उनको खुसी भारतीय जङ्गली हात्तीले एकदिन पनि टिक्न दिएन।

शुक्रबार राति १० कठ्ठा जमिनको धान हात्तीले खाएर र माडेर सखाप पारिदियो। उनले निरास हुँदै भने, ‘पाक्न लागेको बाली सखाप पारिदियो, अब के खाएर बाँच्नु।’

उनीमात्र होइन दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीको उपद्रो बढ्न थालेपछि बाहुनडाँगीवासी चिन्तित छन्।

उनकै छिमेकी रमेश भुजेलको १० कठ्ठा, नन्द अधिकारीको पाँच कठ्ठा, कैलाश भण्डारीको पाँच कठ्ठा गरी डेढ बिघा जमिनको धान एकै रातमा हात्तीले खाइदिएको छ। मेची नदीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतीय जङ्गली हात्तीले बस्ती पसेर दैनिकजसो उपद्रो मच्चाउन थालेका छन्।

हात्ती छेक्न विसं २०७२ मा विश्व बैंकको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेची नदी किनारमा १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाएको थियो। सोही तारवारका कारण आठ वर्षसम्म ढुक्कले निदाएका बाहुनडाँगीवासी हात्ती गाउँ पस्न थालेपछि रातभर जाग्राम बस्न थालेको स्थानीयवासी शङ्कर लुइँटेलले बताए।

‘ज्यान जोगाउनै मुस्किल छ’, उनले भने, ‘खै कसरी पाक्न लागेको अन्नबाली जोगाउनु अब।’

विद्युतीय तारबारको उचित मर्मतसम्भार नहुँदा दैनिकजसो भारतीय जङ्गली हात्तीले भत्काएर नेपाल प्रवेश गर्न थालेका छन्। हात्तीले मेचीनगर–१, २, ३ र ४ मा बढी दुःख दिइरहेको उनको भनाइ छ। जिल्लाका बुद्धशान्ति गाउँपालिका, भद्रपुर, कनकाई र दमक नगरपालिकामा पनि हात्तीले दुःख दिइरहेको छ। अन्नबाली खाइदिए वा घर भत्काएमा डिभिजन वन कार्यालयले रु १० हजार क्षतिपूर्ति दिँदै आएको छ। रकम पाउनका लागि लामो समय कुर्नुपर्ने र पटकपटक कार्यालय धाउनुपर्ने झन्झटिलो प्रक्रियाबाट दिक्क भएका हात्तीपीडितले निवेदन नै दिन छोडेको मेचीनगर–३ का स्थानीय राजीव माझीले बताए।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0