Homeराजनिती

राष्ट्रकाे बारेमा सोच्ने बेला आयो: पूर्वयुवराज्ञी हिमानी शाह

राष्ट्रकाे बारेमा सोच्ने बेला आयो: पूर्वयुवराज्ञी हिमानी शाह

काठमाडौं- पूर्वयुवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको एक कार्यक्रममा बताएकी छन्।शुक्रबार नवलपरासीका बाढी पी

अध्यक्ष प्रचण्डले पेश गरे पार्टीको नाम फेर्ने एजेण्डा
फैसलासँगै ब्यूँतायाे एमाले र माओवादी केन्द्र
माओवादी त्यागेर एमाले बनेका सांसदहरूको पद गुम्ने

काठमाडौं- पूर्वयुवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको एक कार्यक्रममा बताएकी छन्।

शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्वयुवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताइन्। उनले आयआर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरेर युवा र महिलाहरुको गरिबी निवारण गर्नुपर्ने बताइन्।

‘युवा र महिलाहरुलाई गरिबी निवारण गर्नको लागि नयाँ तैरतरिकाको अन्वेषण आवश्यक रहेको छ,’ उनले भनिन्,‘कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरुको समाधान गर्नुपर्छ।’ उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताइन्। विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरुले नजरअन्दाज गर्न नसक्ने उनको भनाइ छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0