Homeविश्व

सबै भन्दा धेरै कर ११ अर्ब डलर तिरेर एलन मस्कले बनाउँदैछन् इतिहास

सबै भन्दा धेरै कर ११ अर्ब डलर तिरेर एलन मस्कले बनाउँदैछन् इतिहास

विदेश- टेस्ला र स्पेस एक्स कम्पनीका संस्थापक डलर अर्बपति एलन मस्कले यस वर्ष ११ अर्ब डलर भन्दा धेरैको कर तिर्ने भएका छन् । सोमबार उनले यस वर्ष सो रकम ब

काेराेना खोप लगाउनेलाई १०० डलर दिने अमेरिकी राष्ट्रपतिको घाेषणा
१९ वर्षीया किशोरी बनिन् मुख्यमन्त्री
भारतबाट काेराेना लुकाएर घर फर्किए पछि ज्यान गयाे

विदेश- टेस्ला र स्पेस एक्स कम्पनीका संस्थापक डलर अर्बपति एलन मस्कले यस वर्ष ११ अर्ब डलर भन्दा धेरैको कर तिर्ने भएका छन् । सोमबार उनले यस वर्ष सो रकम बराबरको कर भुक्तानी गर्ने बताएका हुन् । अमेरिकी सीनेटर एलिजावेथ वारेनले लामो समयदेखि अमेरिकीकाे कुल सम्पत्तिमाथि कर लगाउने वकालत गरेपछि मस्कको बयान आएको हो ।

मस्कले सो रकमको कर तिरेमा यो कर अमेरिकी ट्रेजरी सेवामा रेकर्ड भुक्तानी हुनेछ । हालसम्म कुनै पनि अमेरिकीले यति धेरै कर तिरेका छैनन् । यस वर्ष मस्कले तिर्ने कर अहिलेसम्म अमेरिकाको इतिहासमा कसैले नतिरेको उनले डिसेम्बरमा बताएका थिए ।

एलन मस्क ब्लूमबर्ग अर्बपतिहरुको सूची अनुसार सोमबारसम्ममा २३६ अर्ब डलरको सम्पत्तिकासाथ अगाडि छन् । डिसेम्बर १३ मा टाइम्स पत्रिकामा उनले “पर्सन अफ द इयर २०२१” को उपाधि दिइएकोे छ । २०२१ मा एलन मस्कले धेरै रेकर्ड बनाउन सफल भएका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0