Homeविश्व

जीवन विकास लघुवित्तकाे आइपीओ भोलि बुधबार बाँडफाँट हुने

जीवन विकास लघुवित्तकाे आइपीओ भोलि बुधबार बाँडफाँट हुने

काठमाडाै- जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आइपीओ) भोलि बुधबार बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक एनएमबि

सबै भन्दा धेरै कर ११ अर्ब डलर तिरेर एलन मस्कले बनाउँदैछन् इतिहास
कतारमा न्युनतम विदेशी कादारकाे तलब ३० हजार
इलोन मस्क: विश्वकै सबैभन्दा धनी बन्न सफल व्यक्तिका छ सुत्र

काठमाडाै- जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आइपीओ) भोलि बुधबार बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९:३० बजे आईपीओ बाँडफाँट हुने भएको हो ।

सोमबार प्रिअलोटमेन्ट सम्बन्धी सम्पुर्ण काम सकिएपछि लघुवित्तको आईपीओ भोलि बाँडफाँट गर्ने भएको हो । लघुवित्तको आईपीओमा तीन अर्ब रुपैयाँ बराबरको तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ४८ हजार १५ कित्ताको १६.९२ गुणा हो ।

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तको शेयर पाउनेछन् ।

त्यस अनुसार कुल आवेदक मध्ये ९१.१३ प्रतिशतले शेयर नपाउने देखिन्छ । यो अन्तिम तथ्यांक नभएकोले आवेदन दिनेको संख्या अझै बढ्नेछ । लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्ता मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0