Homeमुख्य समाचार

तारा एयरको जहाज सम्पर्कविहीन, दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी

तारा एयरको जहाज सम्पर्कविहीन, दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी

काठमाडौं- पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थल स्रोतका अनुसार सम्पर्कविहीन भएको तारा एयरको ९ एन एईटी ट्विनअटर व

उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन
राज्यविरुद्धको कसुरमा रामकुमारी झाँक्री पक्राउ
नारायणगढ–बुटवाल सडकखण्ड: धमाधम विद्युत्को पोल हटाईँदै

काठमाडौं- पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थल स्रोतका अनुसार सम्पर्कविहीन भएको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।

उक्त विमानमा क्याप्टेन प्रभाकर घिमिरेले रहेको बताइएको छ । सो विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेको जाइएको छ । विमानको सम्पर्कका लागि सम्पूर्ण संयन्त्र परिचालन भइसकेको बताइएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीले सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको बताएका छन् । गृह मन्त्रालयका अनुसार पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको जनाएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0