Homeमनाेरञ्जन

पल शाहले पाए बलात्कारको मुद्दामा सफाइ, अर्काे मुद्दामा साढे २ वर्षको कैद

पल शाहले पाए बलात्कारको मुद्दामा सफाइ, अर्काे मुद्दामा साढे २ वर्षको कैद

नवलपुर- नवलपुर जिल्ला अदालतले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५

ओस्करबाट विल स्मिथमाथि १० वर्षको प्रतिबन्ध, के के लाग्याे प्रति प्रतिबन्ध?
चलचित्र नायक शाहविरुद्ध गायिकाले दिइन् प्रहरीमा उजुरी
मिस वर्ल्ड २०२३ भारतमा हुने

नवलपुर- नवलपुर जिल्ला अदालतले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावक र मिडियालाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।

गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो । पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0