HomeUncategorized

१ सय ५१ विद्यालयका चालक र १ हजार २३८ विद्यार्थी कारबाहीमा

१ सय ५१ विद्यालयका चालक र १ हजार २३८ विद्यार्थी कारबाहीमा

काठमाडाै- विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय

ललितानिवास: प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा सिआइबीको अनुसन्धान प्रतिवेदन फर्काइएको आरोप
सिक्री लुट्ने लुटेरालाई धमाधम समात्दै नेपाल प्रहरी
थ्रीस्टारको आइपीओ बिक्री खुल्यो

काठमाडाै- विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन्। निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही सुरु गरेको हो।

कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमति पत्र नबोकेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले दिएको जानकारीअनुसार कारबाहीमा परेका अधिकांश विद्यार्थीले सवारी चालक अनुमति पत्र नबोकीकन मोटरसाइकल चलाएका थिए।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0