Homeमनाेरञ्जन

बालेनसामु फिल्मकर्मीकाे माग मनोरञ्जन करमा छुट

बालेनसामु फिल्मकर्मीकाे माग मनोरञ्जन करमा छुट

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन बालेन्द्र शाह र फिल्मकर्मीबीच मंगलबार छलफल भएको छ । भेटमा मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयलाई

बजार तताउन सफल २०७७ सालकाे १५ हिट गितहरु?
चीनमा बलात्कारको मुद्दामा पप गायक पक्राउ
चलचित्र नायक शाहविरुद्ध गायिकाले दिइन् प्रहरीमा उजुरी

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन बालेन्द्र शाह र फिल्मकर्मीबीच मंगलबार छलफल भएको छ । भेटमा मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयलाई लिएर छलफल भएकाे हाे ।

निर्देशक अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मेयर बालेनले यसअघि प्रतिबद्धता जनाएअनुसार मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखेका छन् । छलफलमा महानगरले निश्चित स्थानमा मात्रै डिजिटल बोर्ड स्थापना गर्न अनुमति दिएको छ । जसले गर्दा फिल्मको प्रचारप्रसारमा समस्या भएको छ । फिल्मकर्मीले यसतर्फ सहजीकरण गर्न मेयर बालेनलाई आग्रह गरेको बैठकमा सहभागीले जानकारी दिएका छन् । छलफलमा अशोक शर्मा, निर्मल शर्मा, दीपाश्री निरौला, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायत सहभागी थिए ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0