Homeमुख्य समाचार

सिक्लेस हाइड्रोपावरको आईपीओ आज देखि खुल्ला

सिक्लेस हाइड्रोपावरको आईपीओ आज देखि खुल्ला

काडमाडाै- सिक्लेस हाइड्रोपावर लिमिटेडले आज बुधबार (भदौ २९ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले ११ करोड ५०

दसैंमा घर जाने हो ? १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने
काठमाडौं निषेधाज्ञा: बारअनुसार पसल खुल्ने, निजी सवारीमा जोर बिजोर
नयाँ लाइसेन्सकाे लागि आवेदनको सङ्ख्या पाँच लाख नाघ्यो

काडमाडाै- सिक्लेस हाइड्रोपावर लिमिटेडले आज बुधबार (भदौ २९ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने १० लाख ५८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ६५ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ८ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणलाई ११ करोड ५० लाख रुपैयाँ गरी २० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८५ करोड रुपैयाँ पुग्नेछ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0