Homeमुख्य समाचार

अब तत्काल लाइसेन्स चाहिए अनलाइन आवेदन दिन सकिने?

अब तत्काल लाइसेन्स चाहिए अनलाइन आवेदन दिन सकिने?

काठमाडाै- अब सेवाग्राहीलाई तुरुन्तै चालक अनुमति पत्र आवश्यक परे अनलाइन आवेदन दिन सकिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यस्तो बता

भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा
लक्ष्मीपूजाको दिन बिना अवरोध देशभर विद्युत् आपूर्ति
शहर सुनसान, गाउँमा जोखिम

काठमाडाै- अब सेवाग्राहीलाई तुरुन्तै चालक अनुमति पत्र आवश्यक परे अनलाइन आवेदन दिन सकिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

विभागले असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक सवारी लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन दिनसक्ने जनाएको छ । यस अघि कार्यालयमै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । तर, अहिले नयाँ सिस्टम ल्याए पनि अनलाइन बाटै घरबाटै आकस्मिक लाइसेनसको लागी आवेदन दिने पाइने भएको हो ।

खासगरी अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक,शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरूले आकस्मिक लाइसेन्स निकाल्न सक्ने विभागले जनाएको छ ।

यसका लागि सेवाग्राहीले आवश्यक कागजातहरू अनलाइनमा नै प्रविष्ट गर्न सक्ने छन । निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेश गर्नुपर्नेछ । आवेदन दिनेको लागि विभागको यो साइटमा जानुपर्ने हुन्छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0