Homeस्वस्थ्य

तराईमा डेंगुको महामारी, पहाडी जिल्लामा पनि देखिन थाल्याे

तराईमा डेंगुको महामारी, पहाडी जिल्लामा पनि देखिन थाल्याे

काठमाडाै- सामान्यतया तराईका जिल्लामा देखिने डेंगु यसपटक भने पहाडी क्षेत्रमा पनि देखिन थालेको छ । यो वर्ष लुम्बिनी प्रदेशकै पहाडी जिल्लामा पनि डेंगु सं

६४ लाख डोज खोप आउने पक्का
फलफूलको मूल्य चर्को मारमा उपभोक्ता
चिनियाँ खोपबारे हामीलाई के-के थाहा छ?

काठमाडाै- सामान्यतया तराईका जिल्लामा देखिने डेंगु यसपटक भने पहाडी क्षेत्रमा पनि देखिन थालेको छ । यो वर्ष लुम्बिनी प्रदेशकै पहाडी जिल्लामा पनि डेंगु संक्रमणका विरामी भेटिएका छन् । यसपटक भने प्रदेशकै १२ वटै जिल्लामा डेंगुका विरामी भेटिएको निर्देशनालयले बताउँछ । लुम्बिनी प्रदेशका प्युठान, रुकुम पूर्व, पाल्पा, अर्घाखाँची, र रोल्पा डेंगुका बिरामी बढिरहेका छन् ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालमा पनि पहाडी जिल्लाका विरामीहरु भर्ना भइरहेका छन् । राप्ती स्वास्थ्य प्रतिष्ठानमा रुकुम, रोल्पा र प्युठानका जस्ता पहाडी जिल्लाका विरामी पनि डेंगु लक्षण भएका विरामी आएका छन् । बाँकेको भेरी अस्पतालमा पनि कर्णाली र सुदूपश्चिम प्रदेशका जिल्लाबाट भेरी अस्पतालमा डेंगु संक्रमितहरू आउने गरेका छन् । ‘पहाडबाट पनि डेंगु लक्षणका विरामी आइरहेका छन् । यसले तराई मात्र होइन, पहाड पनि डेंगु छ भन्ने पुष्टि हुन्छ’ प्रतिष्ठानका फिजिसियन डा. रमेश कडेल भन्छन् ।

डा. कडेलले मनसुन अन्त्य नभएसम्म डेंगु संक्रमणको जोखिम रहने बताए । ‘पानी पर्ने र जम्मा हुने क्रम मनसुन रहेसम्म चलिरन्छ’ उनले भने, ‘यसले डेंगु जोखिम रहन्छ ।’ जनस्वास्थ्य कार्यालय, रुपन्देही प्रमुख डा. गौरव ढकालले कात्तिकसम्म डेंगु संक्रमणको जोखिम रहेकाले सजगता अपनाउनुपर्ने सुझाउँछन् । ‘डेंगुबाट जोगिने सबैभन्दा सजिलो उपाय दिउंसोको समयमा लामखुट्टेको टोकाइबाट बच्नु हो’, उनले भने, ‘सबैले कम्तीमा हात खुट्टा पुरै ढाकिने गरी कपडा लगाउने र रातिमा पनि झुलभित्र सुत्ने हो भने डेंगुको संक्रमण ९० प्रतिशत रोकिन्छ ।’

COMMENTS

WORDPRESS: 0
    DISQUS:1