Homeमुख्य समाचार

निजामती सेवा प्रवेशमा स्याङ्जा पहिलो, मनाङ शून्य, दोस्रो जिल्ला काठमाडौँ

निजामती सेवा प्रवेशमा स्याङ्जा पहिलो, मनाङ शून्य, दोस्रो जिल्ला काठमाडौँ

काठमाडाै- बितेको एक वर्षमा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्जा बनेको छ । मनाङबाट भने वर्षभरिमा एक जना पनि कर्मचारी निज

मतदान केन्द्रमा खटिएका मतदान अधिकृत मृत भेटिए
लमजुङमा ५.८ को भूकम्पः काठमाडौंमा धक्का
विमानस्थल निर्माणको अत्तोपत्तो, आकासियो जग्गा

काठमाडाै- बितेको एक वर्षमा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्जा बनेको छ । मनाङबाट भने वर्षभरिमा एक जना पनि कर्मचारी निजामती सेवामा प्रवेश गरेका छैनन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगको बुझाएको ६३ औँ प्रतिवेदनअनुसार एक वर्षमा स्याङ्जाका १२२ जना निजामती सेवामा प्रवेश गरेका छन् ।

निजामती सेवामा धेरै सङ्ख्यामा प्रवेश गर्ने दोस्रो जिल्ला काठमाडौँ रहेको छ । काठमाडौँका ११४ जना व्यक्ति निजामती सेवामा प्रवेश गरेका छन् । त्यस्तै तेस्रो, चौथो र पाँचौँ जिल्लामा क्रमशः गुल्मी, मोरङ र अर्घाखाँची छन् ।

ती जिल्लाबाट निजामती सेवामा प्रवेश गर्नेहरू क्रमशः १०५, ६९ र ६८ जना छन् । धनुषा, पर्वत, कास्की, दाङ, झापा र सुर्खेतबाट क्रमशः ६७, ६६, ६४, ६४, ६३ र ६१ जना निजामती सेवामा प्रवेश गरेका छन् ।

आयोगले आर्थिक वर्ष २०७८/७९ को अवधिमा तीन हजार ७२७ पदका लागि एक हजार ३९७ वटा विज्ञापन गरेको थियो । पत्रपत्रिकाबाट ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0