Homeमुख्य समाचारमनाेरञ्जन

गायक प्रकाश सपूत दाेहरी ब्याटल देखि हिराे बन्ने रहर (भिडियाे सहित)

गायक प्रकाश सपूत दाेहरी ब्याटल देखि हिराे बन्ने रहर (भिडियाे सहित)

फिल्म- गायन क्षेत्रमा आफुलाई भर्सटाइल भनेर चिनाउने गायक प्रकाश सपूत यति खेर चर्चामा छन् । ब्याटल वान, बोल माया र ब्याटल दुई हिट भए पछि र्दशकहरुले नजिक

कंगना रनावतकाे ‘थलाइवी’ ओटीटीबाट मात्रै ५५ करोड
नेपाल प्रवेश गर्न नदिएपछि अमेरिका नै फर्किए भ्वाइस विजेता किरण गजमेर
चलचित्र क्षेत्रकाे लागि इतिहासकै कालो बर्ष: चलचित्र समिक्षा २०७७

फिल्म- गायन क्षेत्रमा आफुलाई भर्सटाइल भनेर चिनाउने गायक प्रकाश सपूत यति खेर चर्चामा छन् । ब्याटल वान, बोल माया र ब्याटल दुई हिट भए पछि र्दशकहरुले नजिकबाट चिनेका हुन । दुई दर्जन भन्दा बढि गित गायका प्रकाश सपूत २ सय भन्दा धेरै गितमा अभिनय गरिसकेका छन् । सानै देखि साहित्यमा रुचि राख्ने उनी आफुलाई गायक भन्न रुचाउँछन् ।

नेपाली गित संगितको खासै राम्रो ब्यापार नभए पनि ब्याटल र बोल माया गितबाट दर्शको मनमा बसेका प्रकाश सपूत आलोचकहरुबाट चाहि केहि आलोचना खेप्नु पर्यो । यसै गितको वरिपरि र प्रकाश सपूतको बारेमा छिटो पोष्टको ज्ञान राजले गरेको कुराकानीः

आज भोली के मा बेस्त हुनुहुन्छ?
अब नयाँ के गर्ने भनेर सोच्दै छु ।

भाबुक गितबाट ब्याटलमा आउँदा कस्तो अनुभव भयो?
सबै गितको आफ्नै आफ्नै दर्शक हुन्छन् सबैलाई एउटै खालको गित मन पर्छ भन्ने हुदैँँन । तर सबैले मन परार्इदिनु भाकाे छ ।

ब्याटल गितको शब्द चयनमा सोसिल मिडियामा अलिति बिवाद पनि देखियो नि?
मुभिमा क्यारेक्टर अनुसारको शब्द हुन्छ । कथाले मागेको शब्द लेखेको छु र मलाई नर्मल लाग्छ ।

अब दर्शकले पार्ट तिन हेर्न पाउँछन कि पाउँदैनन् ?
नयाँ स्टोरीमा केहि सोच्न सकियो भने पार्ट तिन आउँछ ।

संगितमा आउछु भन्ने लागेको थियो ?
सगितमा आउँछु भन्ने त थिएन तर म सानै देखि साहित्य मा रुचि राख्थे ।

सानाे मा के बन्ने सपना थियो ?
सानोमा धेरै नेपाली फिल्म हेरिन्थ्यो र हिरो बन्ने रहर थियो ।

संगितिक क्षेत्रमा जमिरहदा अहिल त्यो बच्पनको हिरो बन्ने इक्षा छ कि छैन?
फिल्ममा सबै कुराहरु राम्रो सँग देखाउँन सकिन्छ त्यसैले हिरो बन्ने सोच अहिले पनि छ ।

फिल्ममा डब्यु गर्नु भयो भने को तपाईलाई रोमान्स गर्ने मन छ ?
(हा हा हा…)आचल शर्मा मलाई सिम्पल लाग्छ त्यसैले मलाई आचल सँग काम गरियो भने रमाईलो हुन्छ होला ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0