Homeराजनिती

फागुन पहिलो साताबाट सशक्त आन्दोलन हुन्छ: अध्यक्ष प्रचण्ड

फागुन पहिलो साताबाट सशक्त आन्दोलन हुन्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं-नेकपाका (प्रचण्ड-माधव समूह) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त रूपमा सशक्त आन्दोलन हुने बताएका छन् । आमहड्तालला

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री
ओलीकाे जवाफ १४ सांसदमाथि गरिएको कारबाही फिर्ता हुन्न
आत्मालोचना गरे मात्रै एमाले पार्टीमा १० भाइलाई टिकट

काठमाडौं-

नेकपाका (प्रचण्ड-माधव समूह) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त रूपमा सशक्त आन्दोलन हुने बताएका छन् । आमहड्ताललाई सफल बनाउँन सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका अध्यक्ष दाहालले यस्ताे प्रतिक्रिया दिएका हुन् ।

नेकपाका प्रचण्ड-माधव समूहले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आमहड्ताल आहृवान गरेको हाे । प्रचण्डले हड्ताल सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनेका छन् ‘याे हाम्राे बाध्यता हाे, सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको हाे ।

यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै प्रचण्ड भन्छन्, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’

‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ ।’ प्रचण्डले थपे । संसद विघटन पछि प्रचण्ड-माधव समूह निरन्तर सडक संघर्षमा छ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0