Homeमुख्य समाचार

यसरी भएकाे रहेछ करणी (अभियुक्तकाे बयान)

यसरी भएकाे रहेछ करणी (अभियुक्तकाे बयान)

बैतदी-भागरथी भट्टको हत्यारा पत्ता लगाए सँगै नेपाल प्रहरीले ठुलाे सफलता हात पारेको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भनि आरोप खेपीरहेको

बुवाको मुख हेर्ने दिन, आफ्ना बाबुलाई मन पर्ने मिठाई खुवाई मनाइदै
मुस्ताङबाट आधामात्रै भेडा–च्यांग्रा निकासी
बिजनेश कसरी सफल हुने?

बैतदी-

भागरथी भट्टको हत्यारा पत्ता लगाए सँगै नेपाल प्रहरीले ठुलाे सफलता हात पारेको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भनि आरोप खेपीरहेको प्रहरीलाई यो एउटा सफलता हो ।

भागरथी भट्टको हत्या गरेकाे आरोपमा प्रहरीले १६ वर्षे दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको छ। दिनश उनकै भाइ नाता पर्ने बताइएकाे छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरिएको हो। सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले १४ दिनको अनुसन्धानपछि दिनेशले साविती बयान दिएको जानकारी दिए।

अभियुक्त बयान यस्ताे छ । (अनुसन्धान अधिकृतसँगको कुराकानीमा आधारित)

दिनेश माघ २१ गते टिफिन टाइममा भलिबल खेलेर घण्टी लाग्नेबित्तिकै भागेर घर आए। बिनाड्रेस गएको भनी शिक्षकले हप्काएका चडेपानीकै भानदेव भट्ट र लीलाधर भट्ट पनि टिफिनको समयमा स्कुलमै भलिबल खेलेर घर आए।

भागरथी व्यवस्थापन विषय पढ्थिन्। उनी पढ्ने सनातन धर्म माविले व्यवस्थापन विषयका विद्यार्थीलाई टिफिनमा पनि पढाएर पाँचौं घण्टीमा बिदा गर्दै आएको थियो। त्यसकारण पनि टिफिनमा भलिबल खेलेर घर फर्किरहेका दिनेश, भागरथी र अरू दुई जनाको नजिकै खोचलेक बजारमा भेट भयो।

भागरथीले भानदेवलाई कति बेला जाने भनेर सोधिन्। भानदेवले कपाल काटेर जाने भनेपछि भागरथी घरतिर हिँडिन्। लीलाधर र भानदेव सैलुनमा छिरे भने दिनेश भागरथी हिँडेको ४–५ मिनेटपछि घरतिर हिँडे। उनले भागरथीलाई खोचलेकबाट १५ मिनेट पैदल दूरीमा रहेको सिल्ल भन्ने गाउँमा ओभरट्याक गरे।

दिनेश भागरथीलाई छाडेर सिधै अगाडि जाँदै गरे। उनी घटनास्थल भएको ठाउँमा भागरथीभन्दा केही मिनेटअघि पुगेका थिए। भागरथी मोबाइलमा एयरफोन लगाएर गीत सुन्दै घरतिर आइरहेकी थिइन्। घटनास्थलमा दुवै जनाको भेट भयो। मुस्कुराउँदै आफूनजिक आएकी भागरथीलाई दिनेशले धक्का लगाएर खोल्सोमा फाले।

त्यो खोल्सो लवलेक जंगलको ५० प्रतिशत वन क्षेत्र कटिसकेपछि छ। खोल्सोभन्दा चार–पाँच सय मिटरमा पासिमबाटा भन्ने गाउँ छ। भागरथी खोल्सोमा धकेलिएपछि घाइते भइन्। घाइते अवस्थामा फेरि दिनेशले अलि तल फाले। त्यति बेला भागरथी प्रतिकार गर्न नसक्ने अवस्थामा पुगिसकेकी थिइन्।

तेरा बाले मेरो फुपूको बलात्कार गर्ने ? भनेर उनले भागरथीको घाँटी थिचे र मारिदिए। त्यसपछि भागरथीको तल्लो वस्त्र मात्रै खोले उनले। भागरथीको फोन खोल्सोको बीचमै खसेको थियो। दिनेश उनको फोन लैजान फेरि शव भेटिएको स्थानभन्दा अलि माथि आए। उनले फोनको ब्याट्री झिके र केही पर गएर फालिदिए। जुन स्थान प्रहरीको तालिमप्राप्त कुकुरले पछ्याएको थियो।

प्रहरी प्रमुख डीआईजी सुवेदी भन्छन् ‘साविती बयान नै मुख्य प्रमाण हो’, डीआईजी सुवेदीले भने, ‘अझ त्यसमा तीन जना प्रत्यक्षदर्शी, प्राविधिक टोलीको अनुसन्धान र आरोपीको शरीरमा देखिएको सामान्य चोटपटकजस्ता प्रमाणका आधारमा हामी अभियुक्तको नजिक पुगेका हौं।’

माघ २१ गते भएको भागरथीको हत्या घटना निर्मला पन्त प्रकरणसँग तुलना गरेर चर्चामा आउन थाल्यो। शव भेटिएकै भोलिपल्ट माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डेलाई घटनास्थल पठायो। प्रहरी प्रमुख डीआईजी सुवेदी आफै घटना स्थल खटिएका थिए ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:1