Homeमुख्य समाचार

प्रहरी सिपाहीको पेन्सन अवधि अब १६ वर्ष: गृहमन्त्री

प्रहरी सिपाहीको पेन्सन अवधि अब १६ वर्ष: गृहमन्त्री

काठमाडाै- गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका सिपाही र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउनेबारे छलफल भइरहेको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवस

खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी?
मुस्ताङबाट आधामात्रै भेडा–च्यांग्रा निकासी
त्रिभुवन विश्वविद्यालयकाे स्थगित परीक्षा साउनदेखि

काठमाडाै- गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका सिपाही र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउनेबारे छलफल भइरहेको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा मन्त्री खाणले भने– ‘जवान र हवल्दारको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउनेबारे छलफल भइरहेको छ ।’

गृहमन्त्री भन्छन् अहिले जवानदेखि वरिष्ठ प्रनानिसम्मले २० वर्ष पुगेपछि जागिर छाडेमा पेन्सन पाउँछन् । तर, सो अवधि घटाएर १६ वर्ष बनाउँदा तल्लो तहका कर्मचारीको मनोबल उच्च हुने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । यसअघि प्रहरी प्रधान कार्यालयले सो प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले त्यसबारे कुनै निर्णय गरेको छैन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई १८ वर्ष सेवा अवधि पुरा भएपछि पेन्सन दिन प्रस्ताव गरेको छ । गृहमन्त्री खाणले कोभिड–१९ को जोखिममा प्रहरी कर्मचारीले गरेको कामको उच्च प्रशंसा गरेका छन् । अपराधमा नयाँ आयाम थपिएको उल्लेख गर्दै गृहमन्त्री खाणले भने– ‘अनुसन्धानमा प्रहरीको क्षमता बढाउन र सुविधा वृद्धि गर्न सरकार प्रयासरत छ ।’

COMMENTS

WORDPRESS: 0
    DISQUS:0