Homeमनाेरञ्जन

गौतमबुद्ध क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु

गौतमबुद्ध क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु

काडमाडाै-देशकाे मध्य भाग चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभि

फेसबुकमा नेपालकै नम्बर वान रेखा थापा, ३३ लाख बढी फलोअर्स
‘ग्ल्यामर गफ’ र ‘रजतपट’ प्रशारण हाेला कि बन्द?
सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन: अभिनेत्री मिरुना मगर

काडमाडाै-

देशकाे मध्य भाग चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भएको छ ।

धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो । चैत्र १० गते पश्चिमको कन्चनपुरबाट अभियानको सुरू गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए ।

उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।

महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।

रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0