Homeमुख्य समाचार

भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ- देशभरका सबै शिक्षण संस्थाहरू चार दिन बन्द हुने भएकाे छ । सरकारले पछिल्लाे समय केहि दिन यता देखिएकाे वायु प्रदूषणका कारण देशभरका सबै शिक्षण स

भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा
पच्चीस हजार सवारीसाधन बाहिरिए
भारतबाट काेराेना लुकाएर घर फर्किए पछि ज्यान गयाे

काठमाडौँ- देशभरका सबै शिक्षण संस्थाहरू चार दिन बन्द हुने भएकाे छ । सरकारले पछिल्लाे समय केहि दिन यता देखिएकाे वायु प्रदूषणका कारण देशभरका सबै शिक्षण संस्थाहरू चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिए ।

बैठक बस्नु अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गरेका थिए । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताएका हुन् । अब सबै शिक्षण संस्था मंगलबारदेखि शुक्रबारसम्म बन्द हुनेछन् । लकडाउन पछि खुलेकाे बिद्यालयहरू फेरी बन्द हुदाँ लाखाै बिद्यार्थीहरू भने मारमा पर्ने दखिएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0