Homeविजनेश

नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै

नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै

काठमाडाैं- आगामी वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै छ । सुन्दर यातायात प्रालिले चीनबाट विद्युतीय बस ल्याउन लागेको हो । बसहरू चीनमा तयार भइ

विदेशमा कमाउने आम्दानी बाख्रा पालन व्यवसायबाट नेपालमै
महिला लघुवित्तको आईपीओ बाँडफाँट
याे कम्पनी गर्याे १००% लाभांश घोषणा, बुक क्लोज कहिले?

काठमाडाैं- आगामी वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै छ । सुन्दर यातायात प्रालिले चीनबाट विद्युतीय बस ल्याउन लागेको हो । बसहरू चीनमा तयार भइसकेको र नेपाल ल्याउने तयारी भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । ४० सिट क्षमताका नौवटा बस तयारी अवस्थामा छन् । सरकारले विद्युतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले एउटा बसको एक करोड ७२ लाख रुपियाँमा २५ वटा बस खरिदको सम्झौता गरेको छ । जसमध्ये नौवटा बस पहिलो चरणमा ल्याइने भएको छ ।

सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । तीनवटा चक्रपथ र एउटा सूर्यविनायक–रत्नपार्क रुटमा सञ्चालन गरिरहेको छ । ती बस युरो मापदण्डका हुन् । सुन्दर यातायातले चितवनमा पनि विद्युतीय बस सञ्चालन गर्नेभएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0