Homeराजनिती

वैशाख १६ गतेदेखि निषेधाज्ञा, यातायात बन्द

वैशाख १६ गतेदेखि निषेधाज्ञा, यातायात बन्द

काठमाडौं । उपत्यकामा निषेधाज्ञा लाग्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर गरि तिन जिल्लमा वैशाख १६ गते राति १२ बजेदेखि खाद्यपदार्थ र औषधि पसलबाहेकका

एमालेकाे विवाद अझै किन मिलेन?
पूर्वराजाको नयाँ वर्ष झापामा र पूर्वरानी कोमल
तस्वीर भाइरल भएपछि घनश्याम र रघुजीको आपत्ति

काठमाडौं । उपत्यकामा निषेधाज्ञा लाग्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर गरि तिन जिल्लमा वैशाख १६ गते राति १२ बजेदेखि खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरिएकाे स्राेतले बताएकाे छ ।

आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले बताए ।

अधिकारीका अनुसार निषेधाज्ञामा अत्यावश्यक सेवाकाबाहेक सबै पसल र सार्वजनिक तथा निजी यातायात बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् । निषेधाज्ञामा हवाइ यातायात भने बन्द नहुने स्रोतको भनाइ छ । उता यातायात ब्यसायीले भने हवाइ सेवा बन्द नभए यातायात पनि बन्द नहुने चेतावनी दिएका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0