Homeराजनिती

बालेनको अग्रता कायमै, केशवसँग गठबन्धनकाे मतान्तर ११३ मात्रै

बालेनको अग्रता कायमै, केशवसँग गठबन्धनकाे मतान्तर ११३ मात्रै

काठमाडौं- स्थानिय तह निर्वाचनकाे काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ९ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम

तानाशाहहरू ढल्ने बेलामा अनेक जुक्ती लागाउछन्: रामकुमारी झाक्री
किन जसपा निष्कर्षमा पुग्न सकेन? प्रधानमन्त्रीकाे संकेत के छ?
बाढीपहिरो र डुबानमा परेकाको उद्धारमा निजी हेलिकप्टर प्रयोग गर्ने तयारी

काठमाडौं- स्थानिय तह निर्वाचनकाे काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ९ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापित पछि पछि छन् ।

वालेन शाहलाई ३३ हजार २६० मत प्राप्त हुदाँ केशव स्थापितले १७ हजार ६९२ मत पाएका छन् भने काँग्रेसकी सिर्जना श्रेष्ठले १७ हजार ५७९ पाएकी छन्। मतपरिणामअनुसार केशव स्थापित सँग सिर्जना सिंहले मतान्तर घटाएको देखिएको छ । यी दुई उम्मेदवारबीचको मतान्तर ११३ रहेको छ ।

प्राप्त मत वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०, २४,२५,२६,१७,१८,२९,३०,३१ र ३२ का गणनाको हो । हालसम्म अन्तिम मतपरिणाम घोषणा भइसकेका वडाहरुमा १,२,३,४,५,६,२८,२९,३० र ३२ निर्वाचन आयाेगले बताएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0