Homeमुख्य समाचार

लकडाउनमा पनि पेट्रोलिमय पदार्थको सहज आपूर्ति

लकडाउनमा पनि पेट्रोलिमय पदार्थको सहज आपूर्ति

काठमाडाै- कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले जनाएको छ ।पेट्रोलियम पदार्थको खर

बिजनेशमा सफलाकाे खुसी
यसरी भएकाे रहेछ करणी (अभियुक्तकाे बयान)
उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन

काठमाडाै- कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको खरिद तथा बिक्री वितरणमा कुनै समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

माग अनुसारको सप्लाईमा कुनै समस्या नभएको उनको भनाइ छ । निषेधाज्ञापछि पेट्रोलियम पदार्थको माग घटेको छ । प्रवक्ता उपाध्यायले भने, “यातायातका साधन र बजार ठप्प भएपछि पेट्रोलियम पदार्थको माग घट्नु स्वाभाविक हो तर कतिले घट्यो भन्ने कुरा हामी एक हप्तामा निकाल्छौँ । अहिले निषेधाज्ञामा हामीले हाम्रो सेवा स्थगित गरेका छैनौँ, पेट्रोलियम पदार्थको सहज आपूर्ति छ ।”

उनका अनुसार निगमले भारतबाट सहज आपूर्ति गरिरहेको छ भने नेपालको आन्तरिक बजारमा पनि सहज आपूर्ति गरिरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर डिपोहरू सञ्चालन गरिरहेको छ । कर्मचारीलाई वैकल्पिक रूपमा काममा लगाइएको छ । निगमका सबै कारोवार खुला रहेको उपाध्यायले जानकारी दिए । पेट्रोलपम्प पनि खुला राखिएको निगमले जनाएको छ ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0