Homeविजनेश

सेयर बजारमा उछाल, लगानीकर्ता बढे?

सेयर बजारमा उछाल, लगानीकर्ता बढे?

काठमाडाैं- देशमा कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल आएको छ ।निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगा

महिला लघुवित्तकाे आईपीओ ६६ गुणा आवेदन, तपाईलाई पर्ने सम्भावना कति?
सिवाईसीकाे आईपीओ बैशाख २ गतेदेखि
घोराही सिमेन्टकाे आईपीओ ८ लाखले पाउने, प्रति कित्ता कति?

काठमाडाैं- देशमा कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल आएको छ ।

निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ ।

जसका कारण सेयर बजारमा हरियाली छाउनुका साथै नयाँ रेकर्डसमेत बनेको छ । साताको पहिलो कारोबार दिनमा नेप्से परिसूचक ५४.२१ अङ्कले बढेर २७३८.२९ को बिन्दुमा पुगेको छ ।

यो नयाँ रेकर्ड हो । त्यस्तै, कारोबार पनि १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपियाँको भएको छ । यो उच्च कारोबार हो । नेप्सेको अनलाइन सिस्टममा सुधार आउँदा, बजारमा प्रशस्त तरलता हुँदा र विदेशमा बस्ने नेपालीले समेत सहजै लगानी गर्नसक्ने अवस्थाका कारण अहिलेको बजार बढेको लगानीकर्ताको भनाइ छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0