Homeराजनिती

अबकाे प्रधानमन्त्रीमा काे? दुबैकाे दाबी प्रस्तुत

अबकाे प्रधानमन्त्रीमा काे? दुबैकाे दाबी प्रस्तुत

काठमाडौं- संबिधानकाे धारा ७६ (५) अनुसार प्रधानमन्त्रीकाे लागि दबै पक्षबाट दाबी प्रस्तुत गरेेका छन् ।प्रधानमन्त्री नेकपा एमाले संसदीय दलका नेता केप

निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा
नेपाल पक्षले सर्वोच्चमा दायर भएको रिट फिर्ता नलिने
लुम्बिनी प्रदेशमा सांसद कहिले एमाले, कहिले माओवादी केन्द्र

काठमाडौं- संबिधानकाे धारा ७६ (५) अनुसार प्रधानमन्त्रीकाे लागि दबै पक्षबाट दाबी प्रस्तुत गरेेका छन् ।

प्रधानमन्त्री नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वभाविक हो । हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।

दुबै पक्षकाे दाबी परेपछि राष्ट्रपती हेरेर निर्णाय गर्ने जानकारी गराएकाे ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0