Homeविश्व

फिनल्याण्डकी प्रधानमन्त्रीले फिर्ता गरिन् खाना भत्ताको रकम

फिनल्याण्डकी प्रधानमन्त्रीले फिर्ता गरिन् खाना भत्ताको रकम

हेलसिन्की: फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो परिवारलाई करतादा सहुलियतमा आउने खाजाको पैसा तिर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।३५ वर्षी

३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन
कतारमा न्युनतम विदेशी कादारकाे तलब ३० हजार
युनियन लाइफको आईपीओ बिक्री खुला, कति दिने आवेदन?

हेलसिन्की: फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो परिवारलाई करतादा सहुलियतमा आउने खाजाको पैसा तिर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

३५ वर्षीया प्रधानमन्त्री मरिनले आफ्नो परिवारको सहुलियतको ब्रेकफस्टको पैसा १४ हजार यूरो राज्य कोषमा बुझाउने भएकी हुन् । उनले डेढ वर्षअघि कार्यालय लिएपछि निवासमा आउने बिहानको खाजा र चिसो खानाको वापत सहुलियत पाएकी थिइन् ।

उक्त सहुलियत वापत उनले राज्यलाई रकम तिर्ने भएकी हुन् । “किनकि खाना भत्ताको सम्बन्धमा खुला रुपमा प्रश्नहरु उठेका छन् । म सम्बन्धित खर्च आफैँ भुक्तान गर्नेछु,” प्रधानमन्त्री सन्ना मरिनले शनिबार भनेकी छन् ।

मंगलबार उनले आफूले भविष्यमा पनि खाना भत्ता नलिने घोषणा गरेकी छन् । “म भविष्यमा पनि खाना भत्ता लिने छैन । यदी यो सुविधा नियम अनुसार नै भए पनि,” उनले भनिन् ।

यस्तै उनले यस्ता खाना भत्ता कानून सम्मत छन् कि छैनन् भन्ने बारे छिट्टै निर्धारण गर्न र कर तिर्न लगाउन पनि अधिकारीहरुलाई बताएकी छन् ।

“मलाई मेरो परिवारको खाना लगायत विषयमा दिन बिताउन भन्दा पनि अरु धेरै जिम्मेवारी छन्” उनले भनिन् । स्थानीय ट्याब्लोइड पत्रिका इलतालेतीले प्रकाशन गरेको रिपोर्ट अनुसार प्रधानमन्त्री सन्नाले केसारान्तास्थित कार्यालयको निवासमा रहँदा प्रतिमहिना ३०० यूरोका दरले बिहानको खानाको भत्ता सरकारसँग दावी गरेकी थिइन् ।

तर उनले प्रधानमन्त्रीको रुपमा आफूले कहिल्यै यस्तो दावी नगरेको र यस्तो निर्णय नगरेको प्रतिक्रिया दिएकी छन् । फिनल्याण्डमा असमानताको झिनो स्तरलाई यहाँको राष्ट्रिय गौरव मानिन्छ । साथै नेताहरुको सादा जीवनशैलीले यहाँको सुशासन सम्भव भएको बताइन्छ ।

२०१९ को डिसेम्बरमा अत्याधिक जनसमर्थनका साथ ३३ वर्षको उमेरमै प्रधानमन्त्रीमा नियुक्त हुँदा सन्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री तथा कम उमेरकी महिला प्रधानमन्त्री थिइन् । उनको गठबन्धन सरकारमा वहुसंख्यक मन्त्री महिला र ३५ वर्ष मुनिका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0